+
+

मेडिकल कलेज थपिए चिकित्सा शिक्षा धरासायी हुन्छ : भगवान कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १४ गते १९:००

१४ भदौ, काठमाडौं । माथेमा आयोगका सदस्य डा. भगवान कोइरालाले सबै मेडिकल कलेजले मेडिकल काउन्सिलको मापदण्ड पुरा गर्न नसकेको बताएका छन् ।

bhagwan-koiralaसाथै उनले अझै १२ वटा क्याम्पस थपिए मुलुकको चिकित्सा शिक्षालाई धारासायी बनाउने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले मेडिकल कलेजहरु काठमाडौं केन्द्रीत हुँदा मुलुकमा स्वास्थ्य क्षेत्रको समानुपातिक विकास हुन नसकेको बताए ।

चिकित्सा अध्ययनमा अपारदर्शी ढंगले शुल्क लिँदा समग्र क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै उनले कार्यदलले बैज्ञानिक आधारमा ३५ लाख रुपैयाँ शुल्क तय गर्न सुझाव दिएको बताए ।

यसले धेरै लामो समयसम्म सञ्चालन गर्दा पुँजीगत खर्च कम हुने र निजी मेडिकल कलेज नाफामा नै जाने गरी दाबी गरे । कोइरालाले भने-‘विद्यार्थीकै शुल्क लिएर भौतिक र शैक्षिक संरचना विकास गर्छु भनेर लागेकाहरुलाई समस्या पुग्ला । तर, दिर्घकालीन पुँजीगत हिसावमा यो ब्यवस्थाले घाटा हुँदैन ।’

उनले अघि भने-‘डाक्टर पढाउने कुरा सावुन चिनी बिक्री गरे जस्तो होइन । यो ब्यवस्थाले निजी क्षेत्रको लगानी डुब्छ जस्तो मलाई लाग्दैन ।’

१५० बाट १०० मा सिट संख्या झार्ने सिफारिसले गुणस्तर बढाउने विश्लेषण गरिएको भन्दै डा. कोइरालाले यसमा छलफल गरेर ब्यवहारिक बनाउन सकिने स्पष्ट पारे । उनले भने-‘सरकारले यो सुझावलाई व्यवहारिक रुपमा मिलाएर पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?