Comments Add Comment

भ्रममा नपर्नुहोस्– केन्द्रले मान्यता दिएको एनआरएन स्विडेनमा यथावत छः एनआरएन युरोप

nrn swidenस्टकहोल्म । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनले विधिगत रुपमा आफ्नो अधिबेशन पुरा गरेको युरोप उपसंयोजक सोम सापकोटाले बताएका छन् । स्विडेनमा एनआरएनएहरुले सबै खाले सदस्यता सामूहिकरूपमा परित्याग गरेको समाचार बाहिर आएपछि त्यसको खण्डन गर्दै उपसंयोजक सापकोटाले केन्द्रले मान्यता दिदै नयाँ कार्यसमिति गठन गरेको बताएका हुन्।

उपसंयोजक सापकोटाले अनलाईनखबरसँग कुराकानी गर्दै भने,” गैरआबासीय नेपाली संघको अभियानमा व्यक्तिगत असन्तुष्टिका कारण स्विडेनमा बिबाद हुँदै आएको हो। त्यसका बाबजुद छुट्टै समुह बने पनि हामीले विधिगत रुपमा राष्ट्रिय समन्वय परिषदमा ल्याउँने कोशिस गर्यौ तर त्यो समुह निर्बाचन प्रक्रियामा नै आएन।”

अधिबेशन पर्यवक्षणका लागि पुगेका सापकोटाले ठूलो संस्थामा केही बिबाद र असन्तुष्टि हुने बताउँदै कुनै भ्रममा नपरी केन्द्रले मान्यता दिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विडन यथावत रहेको प्रष्ट पारेका छन्।

तेस्रो अधिबेशनबाट अध्यक्षमा चिरन्जिवी खरेल निर्बाचित

गैरआवासीय नेपाली सँघ,राष्ट्रीय समन्वय परीषद स्वीडेनको तेश्रो अधिबेशनले चिरन्जिवी खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। आईतबार स्टकहोल्ममा सम्पन्न अधिबेशनले खरेललाई सर्बसम्मत निर्बाचित गरेको हो। यस्तै संघले आईसीसी सदस्यकालागि नबिन थपलियालाई प्रस्तावित गरेको छ।

कार्यसमिति उपाध्यक्षमा नवराज रेग्मी, खिम न्यौपाने महासचिबमा अर्जुन श्रेष्ठ सचिब दिनेश श्रेष्ठ र कोषाध्यक्षमा कुमार गुरुङ निर्बाचित भएका छन्।

यस्तै युवा संयोजकमा घनश्याम पुन र महिला संयोजकमा राधिका ढुँगाना चयन भएका छन्।कार्यसमितिका सदस्यहरुमा प्रदीप सापकोटा हेम बहादुर रोकाया,अशोक कुमार गीरी,राजेश अर्याल, नेत्र काफ्ले रहेका छन्।

स्टकहोल्म संयोजकमा शिव भुसाल,गोथेनबर्ग संयोजकमा सानुमाया सेरचन ,कीरुना संयोजक कृष्ण केसी र संघका संरक्षकमा प्रेम गौतम रहेको संघले जनाएको छ। केन्द्रीय परिबेक्षक यूरोप संयोजक अर्जुनकुमार श्रेष्ठ र उपसंयोजक सोम सापकोटाको उपस्थिति रहेको थियो।

सामूहिकरूपमा एनआरएन परित्यागको घोषणा
एनआरएनएको केन्द्रीय नेतृत्वको कार्यशैलीसँग असहमति प्रकट गर्दै एनआरएनए स्वीडेन एवं एनआरएनएको सबै खाले सदस्यता सामूहिकरूपमा परित्याग गरेको असन्तुष्ट पक्षले घोषणा गरेको छ।

आईतबार बिज्ञप्ति प्रकाशित गर्दै ७१ जना सदस्यहरूले सामुहिक रूपमा सदस्यतासमेत परित्याग गरेको जनाइएको छ। एक सय तिस जना साधारण सदस्यहरू रहेको उल्लेख गर्दै अन्य सदस्यहरूको स्वीकृति लिएर सदस्यता परित्याग गर्नेहरूको पूरा नामावली केन्द्रीय कार्यालय काठमाडौं पठाउने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment