Comments Add Comment

काभ्रेको विद्यालय पुनर्निर्माणका लागि इजरायलबाट ११ लाख सहयोग

donate-isrealकाभ्रे । वैशाखमा गएको भूकम्पले भत्किएका काभ्रेका विद्यालयहरुको पुनर्निर्माणका लागि इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

इजरायलमा रहेका नेपालीहरुको पहलमा संकलन भएको ११ लाख रुपैयाँ जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समिति काभ्रेका अध्यक्ष एवं जिल्ला प्रशासन कार्यलय निमित्त प्रमुख अर्जुनकुमार शर्मालाई धुलिखेलमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग जिल्ला शिक्षा कार्यालय, काभ्रेको सिफारिसको आधारमा भूकम्पबाट पूर्ण रूपमा क्षति भएका २२ वटा विद्यालयहरूलाई प्रतिविद्यालय रु. ५० हजारका दरले प्रदान गरिने जिल्ला प्रशासन कार्यलय निमित्त प्रमुख शर्माले बताए ।

शिक्षा कार्यालय काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दिपेन्ऽ गुरुङ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसएसपी पूजा सिंह, पत्रकार महासंघ काभ्रे अध्यक्ष नारायण सापकोटा, जिल्ला विकास समिति काभ्रेका योजना अधिकृत सन्तोष पोखरेलको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

काभ्रे जिल्लामा चार सय भन्दा बढि विद्यालयहरु भूकम्पको कारणले क्षति भएको र तिनिहरुको तत्काल पुनःनिर्माण गर्नुपर्ने रहेको र सो कार्यको लागि आवश्यक पर्ने बजेटको व्यबस्थापनका लागि आफूले सम्बन्धित निकायमा पहल गरिरहेको जिल्ला शिक्षा कार्यालय काभ्रेका प्रमुख डा. दिपेन्द्र गुरुङले बताए ।

इजरायलका नेपालीहरुबाट संकलित रकम हस्तान्तरणका लागि माझिफेदा क्लव काभ्रेको अध्यक्ष प्रेमबहादुर लामा र राजु कपालीले मध्यस्थता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment