Comments Add Comment

मलेसियामा यसरी लुटिए मोरङ्का लबिन्द्र

लविन्द्र खड्का

म अहिले २९ वर्षको भएको छु । पुरानो घर भोजपुरको दिङला हो । अहिले भने मोरङको जाँतेमा वसाई सरेर आएका छौ । म परिवारको कान्छो छोरा हुँ । विहावारी भएको छैन । मेरो दाजु पनि करीव १३ वर्षदेखि मलेसियामा नै काम गर्नुहुन्छ । वेला वेलामा घरमा जाने आउने गर्नुहुन्छ । दाईलाई राम्रै भए पनि मलाई भने मलेसियाले केही पनि दिएन वरु सवैवाट म लुटिएँ ।

काम थाल्दा दुर्घटना

मैले भोजपुरको दिङलावाट आईए सम्मको अध्ययन पुरा गरेको छु । मलेसिया आउनु भन्दा अगाडि म नेपालकै एउटा सानो कम्पनीमा काम गर्थें, काम पनि राम्रै थियो ।

labindra-malasyaकाम अनुसारको दाम भने पाउन सकेको थिईन । काम गरिरहेको अवस्थामा म दुर्घटनामा परें । उपचारको क्रममा करीव दुई लाख जति ऋण लाग्यो त्यसले पनि मलाई अगाडि वढ्नलाई साथ दिएन ।

धनी मानिसहरुको लागि दुई लाख केही पनि नहोला तर हामी गरीवहरुको लागि त्यहि दुई लाख नै जीवनभरीको सम्पत्ति हो । म दुर्घटना पर्दाखेरि लागेको ऋण म आफै कमाएर तिर्न चाहन्थें । 

अर्थ नलाग्ने मेरो पढाई

नेपालमा केही गर्ने इच्छा थियो तर मलाई साथ दिने कोही पनि थिएनन । नत मसँग एक्लै केही गर्न सक्ने हिम्मत र सीप नै थियो । मैले पढेको पढाईले नेपालमा मलाई कुनै रोजगारी दिन सकेन । पढाई मात्रै मार्कसिटमा सीमित रहन पुग्यो ।

मेरो आजसम्मको पढाईले नेपाली केही बढी लेख्न र पढ्न जान्ने भएँ भने अंग्रेजी काम चलाउ मात्रै वन्न पुग्यो । शिक्षा नीति देखेर आफैलाई निकै दुःख लागेर आउन थालेको छ । राम्रो शिक्षा नीति भएको भए आज हामी प्रत्येक दिन करीव १५ सय युवा विदेशिनु पर्ने थिएन ।

एजेण्टको प्रलोभन

नेपालमा कतैवाट केही हुने उपाय नदेखेपछि म विदेशिन शुरु गरे । नेपालमा केही गरौं भन्दा कसैले पनि ऋण समेत दिदैनन्, विदेश जाने भनेपछि यस्ले त तिर्छ है भनेर फ्याट्ट दिईहाल्छन् । मसँग पैसा थिएन, वुवा आमालाई ऋण खोजीदिन अनुरोध गरेँ । वुवा आमाले ऋण खोजीदिनु भयो ।

ऋण खोजेको पैसा वोकेर काठमाडौं आए । महिनाको १२ सय ३५ रिंगेट पाईने खास्साको रेष्टुरेण्ट छ । ओभरटाईम त जतिगर्न सक्यो त्यति नै पाइन्छ । ल भाई जानुपर्छ यहि वेला हो गर्ने वुढेशकालमा जाम भनेर पनि पाईदैन भनेर एजेण्टले भनेपछि म वाल्ल पर्नुवाहेक कुनै उपाय थिएन । महिनाको ३५ हजार वचाउन सकिने रहेछ भन्दै बुवाले खोजेको डेढ लाख रुपैया एजेण्टलाई वुझाएर गएको वर्षको भदौ १८ गते मलेसिया आईपुगें ।

पहिलो पाईला मलेसियाको

नेपालवाट प्लेन चढ्ने वेलामा जे सपना वोेकेको थिए अलिकति सपना त एयरपोर्टमै तुहियो । पहिलो पटक एयरपोर्टमा आउदा यहाँका रेलाले गरेको अपमान जीवनभरीको सम्झना वनिरहेको छ । न वोल्न पाईने न केही सोध्न । वोले पनि पिटाई नवोले पनि पिटाई चिसो भुईको वसाई ।

एक दिनपछि एजेण्ट लिन आयो, एयरपोर्ट वाहिर गाडिवाट हेर्दा अगाडि सोचेका कुरा सवै झुटा रहेछन् जस्तो लाग्यो । ठूला ठूला घर, महल चिल्ला गाडी, धुवाँधुलो केही छैन । जताततै सफा छ, चिल्लो र बडेमानका फुटवल ग्राउण्डजत्रो पक्की वाटो छ, जताततै हरियाली छ ।

चिया पकाउनेदेखि भाँडा माझने सम्मको काम

एजेण्टले जे भनेर पठाएको थियो त्यो एकरति पनि पाउन सकिन । एजेण्ट सजिलो काम छ भनेर पठाएको थियो यहाँ आएको दिनदेखि नै चिया कफी वनाउनेदेखि भाँडा माझनुपर्ने सम्मको काम थियो । मेलै काम गर्ने रेष्टुरेण्ट जोहोरको मसाईमा रहेको थियो ।

विहान सात वजेदेखि साझँको पाँच वजेसम्म हात खाली हुदैनथ्याे । कामवाट कहिल्यै पनि फुसर्द पाईदैनथ्यो । जिउले कस्तो हो आराम भन्ने थाहा पाएन । वस्ने ठाउँ पनि उस्तै थियो, भेडावाख्रा जस्तै एकै ठाउँमा ।

अझै ४० हजार ऋण थपियो

महिनाभरी काम गर्दा सात सय रिंगेट भन्दा कहिले पनि बचेन । एक वर्षसम्म घरको अवस्था, वुवाले खोजेको ऋण कसरी तिर्ने भनेर काम गरिरहें । एक वर्षमा मरीमरी एक लाख साठी हजार नेपाल पठाउन सफल भएँ । नेपालमा पठाएको सवै पैसाले ऋण तिर्न पुगेन । सावाँको ब्याजसहित गर्दा अझै ४० हजार ऋण थपिएको छ ।

मलेसियाको एक वर्षको वसाईले मलाई कमाईदियो हैन वरु उल्टै ऋण थोपरीदिएको छ । पुरानो दुर्घटना हुदा लागेको ऋणमा यो ऋण पनि थपिदा निकै चिन्ता लागेको छ । कमाउन नसके पनि ऋण छैन भनेर र्फकन पाएको भए पनि हुन्थ्यो । उल्टो अरुको देशमा वर्षभरी काम गरेर उल्टै ऋण वोकेर र्फकनुपर्ने भएको छ ।

उनीहरुले हामीसंँग एक सय ७५ रिंगेट मागे । हामीले यत्रो भाडा कसरी भन्न मात्र के थालेका थियौं चक्कु देखाउन थालिहाले । भएभरीकै पैसा टयाक्सी भित्रै लुटे ।

वाटोमै लुटिएँ
वर्ष दिन भरी वसेर कुनै उपाय नलागेपछि हामी भदौ १५ गते मंगलवार कम्पनी छाडेर नेपाल फर्कनका लागि जोहरवारुवाट क्वालालम्पुरको लागि बस समात्योैं । मलाई जस्तै भएको एकजना साथी (रोहित चौधरी) करीव पाँच घण्टाको यात्रापछि क्वालालम्पुर वसपार्कमा उत्रन सफल भयौ ।

हामी वसवाट र्झन नपाउदै टयाक्सी आएर हाम्रो अगाडि रोकियो । हामीले केही पनि भन्न पाएका थिएनौं जवरजस्ती हाम्रो झोलाहरु टयाक्सीमा हाल्न थाल्यो । हामीले भन्यौं, हाम्रो साथी हामीलाई लिन आउँदैछन् । तिमीहरुको टयाक्सीमा जाँदैनौं भन्यौं ।

उनीहरुले वढि वोल्ने होइन यहाँ बस तिमिहरुलाई जहाँ पुर्याउन पर्ने हो हामी पुरयाउँछौ भन्यो । हामी टयाक्सीमा चढन नमान्दा पनि जवरजस्ती चढायो । टयाक्सी डाईभरसँग पहिला नै एकजना वसिसकेको थियो त्यो उसको साथी रहेछ । वाटोमा पुगेपछि फेरि अर्काे मानिसलाई पनि टयाक्सीमा वसाल्यो त्यो पनि उनीहरुकै साथी रहेछ ।

जुत्तामा राखेको पैसा पनि छाडेन

उनीहरुले हामीसँग पैसा माग्न थाले । उनीहरुले हामीसंँग एक सय ७५ रिंगेट मागे । हामीले यत्रो भाडा कसरी भन्न मात्र के थालेका थियौं चक्कु देखाउन थालिहाले । भएभरीकै पैसा टयाक्सी भित्रै लुटे । हामीले पैसा लुटिन्छ भन्ने पहिला पहिला पनि यस्ता कुराहरु सुन्ने गरेका थियौं ।

त्यसैले हामीसँग भएको चार हजार रिंगेट (करीव एक लाख पाँच हजार) मध्ये दुई हजार पर्समा र दुई हजार जुत्तामा लुकाएका थियौं । पर्सको र एउटा खुटटाको जुत्तामा लुकाएको एक हजारसमेत गरी तीन हजार रिंगेट लगिदियो । हामी मुकदर्शक जस्तै वनिरह्यौं । हामी दुवै जनाको फोन भने लगेन ।

नेपाल र्फकनको लागि ल्याएको पैसा लुटिएपछि निकै समस्या परिरहेको छ । कसरी नेपाल फर्काें अन्यौलमा परिरहेको छु ।

भगवान बने सेक्युरिटी दाई

हामीलाई एउटा एकान्त ठाउँमा ल्याएर छाडिदियो । ब्यागहरु पनि राम्ररी निकालिदियो । टयाक्सी नम्वर टिप्न थालेको थियौँ । हामी भन्दा अगाडि नै एकजना ओर्लिएर टयाक्सी नम्वर स्टिकरले टालिदियो र टयाक्सी कुदाएर भाग्यो । हामीबीच वाटोमा अलपत्र परिरहेका थियौ, त्यसको नजिकै एक जना नेपाली सेक्युरिटी दाईले काम गर्नु हुँदो रहेछ । उहाँले हामीलाई निकै सहायता गर्नुभयो ।

मलेसिया हो निकै ख्याल गर्नु भनेर सम्झाउदै चिनेको एकजना टेक्सीवालालाई वोलाईदिनु भयो। हामीलाई फेरि पनि टयाक्सीमा चढ्न डर लागिरहेको थियो । तर नचढी पनि सुखै थिएन । उहाँले वोलाएको टयाक्सीमा चढेर क्वालालम्पुरको कोताराय भन्ने ठाउँमा वल्लतल्ल आएका छौं ।

नेपाल र्फकनको लागि ल्याएको पैसा लुटिएपछि निकै समस्या परिरहेको छ । कसरी नेपाल फर्काें अन्यौलमा परिरहेको छु । घरवाट पैसा मगाएर जाऊँ भने पनि कसरी मगाऊँ ? उल्टै ऋण लिएर र्फकदै थिएँ ।

(प्रस्तुतीः रामचन्द्र नेपाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment