Comments Add Comment

देश जटिल मोडमा : उपप्रधानमन्त्री सिंह

१६ भदौ, काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले देश जटिल मोडमा रहेको बताएका छन् । अप्ठेरो राजनीतिक परिस्थितिबाट देशलाई पार लगाउन छिट्टै नयाँ संविधान जारी गर्ने उनले बताए ।

Prakashman-Singhनेपाल महिला संघ काठमाडौंले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सिंहले भदौ महिनाको अन्तमा सहमतिको दस्तावेजको रुपमा नयाँ संविधान जारी हुने दाबी गरे ।

स्थानीय विकास मन्त्री समेत रहेका सिंहले सबैलाई चित बुझाउन हदैसम्म प्रयास भैरहेको जानकारी दिए । सहमति नभए पनि दुई तिहाई बहुमतबाट नयाँ संविधान जारी हुने भन्दै उनले अब संविधान जारी गर्न कुनै शक्तिले रोक्न नसक्ने उल्लेख गरे ।

असन्तुष्ट पक्षलाई चित नबुझेका कुराहरु संसोधन मार्फत आफ्ना कुरा राख्न उनले आग्रह गरे । समस्या समाधानका लागि सरकार अत्यन्त लचकरुपमा प्रस्तुत भैरहेको भन्दै मन्त्री सिंहले वार्ताबाटै निष्कर्षमा पुगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment