Comments Add Comment

पाँच प्रदेश बनाए आन्दोलन रोकिन्छ : सीपी मैनाली

१६ भदौ, भक्तपुर । नेकपा मालेका महासचिव सीपी मैनालीले पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाए देशभर भैरहेको आन्दोलन रोकिने दाबी गरेका छन् ।

Cp-Mainaliरिपोटर्स क्लव भक्तपुरले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले हिमाल, पहाड र तराई मिलेको प्रदेश सुरक्षाको हिसाबले पनि उपयुक्त हुने भएकाले हालको पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश बनाउनुपर्ने बताए ।

विकास जस्ले गर्छ उस्लाई मान्नु पर्छ भन्दै उनले पाँच विकास क्षेत्र बनाउनुपर्छ भन्नेहरुलाई महेन्द्रवादी भनेर विरोध गर्नुको तुक नभएको धारणा राखे ।

थ्रेसहोल्ड राखेमा आन्दोलन

एक फरक प्रश्नमा उनले नयाँ संविधानमा थ्रेस होल्ड राखेमा माले लगायत अन्य साना दलहरुले आन्दोलन गर्ने चेतावनी दिए । थ्रेस होल्ड लोकतन्त्र विरोधी भएको उनको भनाइ छ । उनले भने, ‘थ्रेसहोल्डले साना दललाई पाखा लगाउने काम गर्छ । यसको हामी विरोध गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment