+
+

भूकम्प प्रभावित क्षेत्रमा सहयोगार्थ फिनल्याण्डमा दौड प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १७ गते ११:२४

हेल्सिन्की । नेपालमा वैशाखमा गएको महाबिनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिन्ल्याण्डले हेल्सिन्कीमा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालको सामाजिक क्षेत्रमा केही सहयोग पुर्याउने हेतुले संघले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको हो । प्रतियोगिता फिन्ल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुमाझ लोकप्रिय बन्दै आएको छ।

run helsinkiगत साल आयोजना गरिएको यस्तै प्रतियोगितामार्फत गुल्मीको रिमुवा गाँउमा रहेको जनज्योती उच्च माविमा अध्ययनरत दृष्‍टिबिहिन विद्यार्थीहरुलाई आवास गृह बनाउन ठूलो सहयोग पुगेको थियो।

यो वर्ष प्रतियोगिताबाट उठ्ने रकम खर्च गर्नको लागि संस्थाले फिन्ल्याण्डमा बसोबास गर्ने नेपालीहरुबाट परियोजना प्रस्ताव आह्वान गरिसकेको छ। यहि (सेम्प्टेम्बेर ५) शनिबार हुने उक्त प्रतियोगिताका सहभागीहरु आफ्ना लागि स्पोन्सोर खोज्न तल्लिन छन्।

प्रतियोगिता प्रतिस्पर्धात्मक भन्दा पनि मनोरन्जनात्मक हुने हुँदा साना बालकदेखि प्रौढ उमेरका महिला तथा पुरुषहरु भाग लिने गर्दछन् । ६ किलोमिटर दौड्दा आफ्नो स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावका अलावा आफूले दौडेबापत आफ्नो जन्मभूमीमा सानै भए पनि सहयोग पुग्न जाने हुँदा कहिल्यै दौडने बानी नभएका नेपालीहरु पनि स्वतःस्फुर्त रुपमा सहभागी हुने गरेका छन् ।

प्रतियोगीहरुलाई उमेरका आधारमा तीन समुहमा बाँडेर प्रत्यक समुहबाट महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई पदक तथा प्रमाणपत्र र सहभागि सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ।

श्रवण खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?