Comments Add Comment

जिल्ला शिक्षा कार्यालय सप्तरीको गाडीमा आगजनी

Gali-Aagjani

१७ भदौ, राजविराज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको राजविराजस्थित जिल्ला शिक्षा कार्यालय परिसरमा रहेको एउटा गाडीमा आगजनी गरेका छन् । उनीहरुले जिल्ला भूसंरक्षण कार्यालयको बोर्ड पनि जलाएका छन् ।

प्रदेश सीमांकनको विरोधमा बन्द हड्ताल गर्दै आएका प्रदर्शनकारीले विहीबार राजविराज ५ स्थित भूसंरक्षण कार्यालयको फ्लेक्स बोर्ड जलाएका थिए । कार्यालय परिसरमा राखिएको एउटा त्रिपाल पनि जलेको छ ।

भूसंरक्षण कार्यालयको बोर्ड जलाएपछि प्रदर्शनकारीहरु सरस्वती टोलस्थित जिल्ला शिक्षा कार्यालय गएका थिए । शिक्षा कार्यालय परिसर भित्र रहेको बा १ झ ४७६८ नम्बरको गाडीमा उनीहरुले आगजनी गरेका हुन् ।

गाडीमा लागेको आगो निभाइसकिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरे पनि हालसम्म शान्तिपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment