Comments Add Comment

दरबारमार्गमा सेल अफरको रौनक (फोटो फिचरसहित)

रबिन्द्र घिमिरे

sale market -kings way (11)

१८ भदौ, काठमाडौं । यो भीड देख्दा तपाईलाई लाग्ला कि, यो कतै लागेको जुत्ता मेलाको हो । तर, भ्रममा नपर्नुस् । यो तपाईले सोचेभन्दा भिन्न छ । एउटै पसलमा देखिएको सयौं मानिसको भीड दरबारमार्गको बेन्ट्ले लेदर ब्राण्डको शो-रुमको हो ।

आजकल दरबारमार्गका धेरै फेसन र स्र्पोट्स शो-रुममा यस्तै भीड छ । कारण, ब्राण्डेड फेसन आइटमका शो-रुमहरुले राखेको सेल अफर । अफरको उपोग गर्न यति मान्छे पुगेका छन् कि कतिपय शो-रुमका सेल्स म्यान र सञ्चालकलाई रेट भन्ने र पैसा लिने फुर्सद पनि छैन ।

बिक्रीमा राखिएका फेसन र सर्पोट्स आइटम छान्नेहरुको भीडले शो-रुम चिस्याउन राखिएका एयर कन्डिसनर पनि फिका बनेका देखियो । सस्तोमा सामान किन्ने आकांक्षा राख्नेहरु असिन-पसिन देखिन्थे ।

गर्मीका कपडाको सिजन सकिनै लाग्दा दरबारमार्गका धेरै फेसन तथा र्स्पोट्स सपले १० देखि ६० प्रतिशतसम्म छुट अफर गरेका छन् । यसले ब्राण्डेड सामानका पारखीहरुलाई खुसी बनाएको छ ।

दरबारमार्गमा सपङकिा लागि आएकी बूढानीलकण्ठकी सपना पाण्डे एकै दिन दरबारमार्गको सबै ब्राण्डेड पसलहरुमा धाइन् । ‘अरुबेला भन्दा झण्डै आधा कम बजेटमा आफ्ना परिवारका लागि ‘वल्र्ड रिकग्नाइज्ड ब्रान्ड’का सामान किन्न पाउँदा किन्न छोड्ने ?’ हातभरिका झोला ट्याक्सीमा राख्दै उनले भनिन्- ‘सेल अफर छुट्यो भने ब्रान्डेड सामान किन्न अर्को एक वर्ष कुर्नुपर्छ ।’

sale market -kings way (13)

पाण्डेले थपिन्- ‘तीज, दसैँ, तिहारमा बाहिर महंगो मोल तिरेर कमसल समान किन्नु भन्दा त यहाँ सेल लागेका बेला ओरिजिनल किन्ने हो नि ।’

किन लाग्छ सेल बजार ?

आम मानिस सेल बजार भनेको नबिकेका समान बेच्ने काइदा मान्छन् । तर, त्यसो होइन भन्छिन् ली, जिन्स र रिबोक ब्राण्ड’को शो-रुमकी सुपरभाईजर मञ्जु महर्जन ।

उनले भनिन्-‘अब जाडो मौसम सुरु हुन लागेको छ । गर्मीका लागि लक्षित गरेर ल्याइएका साम्रागी केही स्टक हुन्छन् । त्यो स्टक कटाएर जाडोका लागि सामान राखौं भनेर सेल अफर गर्ने हो ।’

बीबा ब्रान्डको शो-रुमका सञ्चालक सैरिस महर्जनले भने- ‘ब्राण्डेड सामान स्टक रहिरहँदा आर्थिकरुपमा पनि भार पर्छ । त्यसैले यसलाई सस्तैमा अफर गरेर कटअफ गर्ने प्लान हो । यसमा गुणस्तरीयतमा कुनै कमी हुँदैन ।’

वर्षाको सिजन फेसनका समानका लागि अफसिजन भएकाले त्यसलाई रिकभार गर्न सेल अफर गरिएको सिटीवाकका शो-रुमका सञ्चालक मनोज सारवागीले बताए ।

कुन-कुन ब्राण्ड कस्तो अफर ?

अहिले दरबारमार्गमा अधिकांश ब्राण्डेड आइटममा सेल अफर छ । रिबोक, ली, एरो, युएस पोलो, बिबा, बेन्ट्ले, सिटीवाक, युनाइटेड कलरेज लगायतका ब्राण्डका शो-रुममा अहिले अफरको फाइदा उठाउनेको भीड छ ।

sale market -kings way (10)

६० प्रतिशतसम्म छुट पाइने भएपछि उपभोक्ता त्यसमा तानिएका पनि छन् । रिबोकको १६ हजार रुपैयाँ पर्ने जुत्तामा सीधा २५ प्रतिशतसम्म छुट अफर गरिएको छ ।

यस्तै टिर्सट आइटममा पनि ६० प्रतिशतसम्म छुटको अफरले ब्राण्डेडको मूल्य सामान्य जत्तिकै भएको छ । तपाईले सामान्य अवस्थामा ६ हजार रुपैयाँ तिर्नुपर्ने ली ब्राण्डको जिन्स अहिले २५ सय देखि ३ हजार रुपैयाँसम्म आउने भएको छ ।

यी दुबै शो-रुमले ३० हजार रुपैयाँसम्मको सपिङ एकैसाथ गरेमा ४० प्रतिशत छुटको पनि व्यवस्था पनि गरेका छन् । इटालियन ब्रान्ड युनाइटेड कलरेजको ६ हजार रुपैयाँ पर्ने फेसन आईटमहरु पनि आधा मूल्यमा बिक्री भइरहेको शो-रुमकी व्यवस्थापक निरु श्रेष्ठले जानकारी दिइन् ।

महंगो मानिने सिटीवाकको ५ हजार रुपैयाँसम्म पर्ने जुत्ता २५ सय रुपैयाँमा अफर गरिएको छ । यसैगरी अमेरिकन एरो र युएस पोलोमो पनि ४० देखि ५० प्रतिशतसम्म छुट योजना छ ।

तीज नजिकिँदै गर्दा कुर्ता/कुर्तीको इन्डियन ब्राण्ड बिबाले ५० प्रतिशत छु दिँदा ब्राण्डेड कुर्ताको मूल्य २५ सय ३ हजार रुपैयाँसम्म झरेको छ । दरबारमार्गका स्र्पोट्स सपहरुले पनि ५० प्रतिशतसम्म छुट अफर गरेका छन् । यसैकारण महंगा ब्राण्डेड सामानका लागि चिनिएको दरबारमार्ग आजभोलि ब्राण्डेड तर सस्ता आइटम पाइने बजार बनेको छ ।

अडिडासले भने पुतलीसडकमा मात्र सेल अफर चलाएको छ । लेभिज र नाइकेले भने तत्काल सेल आफरको योजना बनाएका छैनन् ।

sale market -kings way (4)

sale market -kings way (12)

sale market -kings way (1)

sale market -kings way (3)

sale market -kings way (5)

sale market -kings way (8)


sale market -kings way (14)

sale market -kings way (2)तस्वीरः कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment