Comments Add Comment

एनआरएन युरोप उपसंयोजकमा बेल्जियमका शिबकुमार बरुवालको उम्मेद्‍वारी घोषणा

वसन्त रानाभाट 

बार्सिलोना गैरआवासीय नेपाली संघको युरोपियन क्षेत्रीय उप-संयोजक पदका लागि बेल्जियमका शिबकुमार बरुवालले उम्मेद्‍वारी घोषणा गरेका छन्। संघको आगामी अक्टोबर १४ देखि १७ तारिखसम्म काठमाडौमा हुने विश्व सम्मेलन नजिकिदै गर्दा बरुवालले उम्मेद्‍वारी घोषणा गरेका हुन्।

shivakumar baruwalगैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत रहेका बरुवालले एनआरएनको अभियानलाई निरन्तरता दिन र अझै बढी जिम्मेबार भएर लाग्नको लागि आफूले उम्मेद्‍वारी घोषणा गरेको बताए।

बरुवालले अनलाईनखबरमार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दे भने,” भूकम्पपछि अहिले देश पुन:निर्माणको लागि एनआरएनको काँधमा ठूलो जिम्मेवारी आएको छ। त्यसको एक हिंस्सा बनेर म आफू पनि लाग्न चाहन्छु। ” युरोपवासी गैरआवासीयहरुलाई देश पुन:निर्माणमा लाग्न प्रेरित गर्ने र एनआरएनको मूल: अभियानमा रहेर साथ दिन आफूले उम्मेद्वारी घोषणा गरेको बरुवालले बताए।

डायस्पोरामा छरिएर रहेका नेपालीहरुलाई संगठित गर्दै एउटै संजालमार्फत एनआरएनको अभियानलाई आफूले शुरुदेखि नै साथ दिएको बताउँदै यसको लागी पनि उपसंयोजकको जिम्मेबारी स्वाभाविक रहेको उनको भनाई रहेको छ।

युरोपमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद गठन भएका २७ देशमा अझ संघलाई चुस्त दुरुस्त बनाउँन आफू प्रतिबद्द भएर लाग्ने बताउदै बरुवालले भने,”अझ यसको संजाललाई फैलाउन जरुरी छ,यसको लागि म प्रतिबद्ध भएर लाग्ने छु। “

को हुन् शिबकुमार बरुवाल ?

म्याग्दी जिल्ला घार गाँउ बिकास समिति बडा नम्बर ७ स्थायी घर भएका बरुवाल सन् २००० देखि बेल्जियममा बसोबास गर्दै आएका छन्। एनआरएनको अभियानमा स्थापना काल देखी नै लागि पर्दै आएका बरुवाल गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सचिबालय सदस्य हुँदै महासचिब पदमा रही काम गरेका थिए । उनी गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत हुन्।

बेल्जियमको नेपाली समुदायमा चर्चित रहेका बरुवालले अन्य सामाजिक संघ सँस्थामा आबद्द भई काम गर्दै आएका छन्। मोना बेल्जियम हिमालयन सोसाइटीको महासचिब र अध्यक्ष पदमा रही बरुवालले यस अघि काम गरिसकेका छन्।यस्तै उनले बेल्जियम आधा दर्जन जती सामाजिक र बैचारिक संस्थामा बसेर काम गर्दाको अनुभव बटुलेका छन्।

बरुवालले बिशेष गरेर नेपालका सामाग्री र उत्पादनहरु युरोपको बजारमा आयत गरी बिक्री बितरण गर्ने उद्देश्यका साथ आफैले ब्यवसाय संचालन गर्दै आएका छन्। उनले देशमा गएको बिनाशकारी भूकम्पपछि बेल्जियममा भएको राहत संकलन कार्यमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेका थिए।

एनआरएनहरुको विश्व सम्मेलन नजिकिदै गर्दा बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने जारी रहेको छ। युरोप उपसंयोजक पदका लागि नै यसअघि स्पेनबाट दीपक खरेलले आफ्नो उम्मेद्‍वारी घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment