+
+

छोरालाई जागिर दिनेलाई साढे ५ लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते ११:०८

३९ वर्षको लाठे हुन्जेल सम्मपनि छोराले कुनै जागिर नपाएपछि एकजना बाबुलाई पर्नु पिर परेछ । त्यसैले उनले छोराको जागिरका लागि पत्रिकामा विज्ञापन नै छपाए । विज्ञापन पनि कम अनौठो थिएन । बम्पर पुरस्कारवाला थियो । साँच्ची छोरा बेरोजगार हुँदा उनलाई कति पिर परेको रहेछ भन्ने कुरा त्यसबाट प्रष्ट हुन्थ्यो ।
News Paper
हो, स्पेनको म्याड्रिडका एक वृद्धले आफ्नो ३९ वर्षको छोरालाई जागिर खोज्दै पत्रिकामा विज्ञापन छपाएका छन् । छोरालाई जागिर दिने रोजगारदातालाई मोटो रकम पुरस्कार दिने घोषणा पनि उनले गरेका छन् । जसले उनको छोरालाई जागिर दिन्छ उसले हातहातै ५ हजार ६ सय अमेरिकी डलर वा साढे ५ लाख रुपैयाँभन्दा बढि पुरस्कार पाउनेछ ।

स्थानीय एल हेराल्डो डी एरागन पत्रिकामा छापिएको विज्ञापनमा भनिएको छ : आफ्नो दक्ष, जिम्मेवार, मेहेनती तथा राम्रो सम्पर्क भएको छोरालाई रोजगार दिने कम्पनीलाई पेन्सनरले ५ हजार स्पेनी मुद्रा पुरस्कार दिनेछन् अनि तलब करार बमोजिम हुनेछ ।

पूर्व वकिल समेत रहेका ती वृद्धले आफ्नो छोरा बेकम्मा भएर बसिरहेको आफुले देख्न नसक्ने बताएका छन् ।

यसरी जागिरका लागि पुरस्कार नै राखेर विज्ञापन गर्नु अमर्यादित देखिएपछि आफुले लाज भन्ने कुरा धेरै पहिले नै पचाइसकेको आफ्नो नाम बताउन नचाहने ती वृद्धले बताएका छन् । आफ्नो छोरा धेरै समयदेखि बेरोजगार रहेको उनको भनाइ छ ।

स्मरण रहोस् स्पेन युरोपमा सबैभन्दा बढि बेरोजगारी दर रहेको दोश्रो देश हो । जहाँको बेरोजगारी दर २२.४ प्रतिशत रहेको छ ।

ती वृद्धको विज्ञापन काइदाले साँच्चीकै काम गर्लाजस्तो छ । अहिलेसम्म उनको छोरालाई जागिर दिने इच्छा व्यक्त गर्दै २० जनाले फोन गरिसकेका छन् र त्यसरी फोन गर्नेहरुले आफुले अफर गरेको पुरस्कारका बारेमा चुइँक्क सम्म नबोलेका उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?