+
+

सदभाव भड्काउनेलाई पक्रन गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते १९:४७

२२ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न कुनै पनि किसिमको छुट वा सम्झौता नगरिने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

गृहमन्त्री गौतमले शान्ति सुरक्षाको अवस्था एवं उत्पन्न चुनौतीबारे मंगलबार प्रहरी प्रधान कार्यालयमा महानगरीय प्रहरी कार्यालय र पाँचैक्षेत्रका प्रहरी प्रमुखहरुलाई बोलाए समीक्षा बैठक गरेका छन् ।

बैठकमा गृह प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद ढकाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय तथा पाँचै क्षेत्रका प्रहरी प्रमुखहरु एवं प्रहरी प्रधान कार्यालयस्थित बरिष्ठ प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

बैठकमा गृहमन्त्री गौतमले हाल देखिएका विभिन्न खाले बिकृतिलाई कारबाहीको दायराभित्र ल्याउनुपर्ने बताएका छन् । उनले सुरक्षा व्यवस्था थप सुदृढ गर्नुपर्ने बताउनुभयो ।

उनले अपराध गर्न उक्साउने, सदभाव भड्काउनेलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृहान्त्री गौतमले चेकजाँच कार्यलाई अझै कडाईकासाथ अगाडि बढाउन निर्देशन दिए । 

गृहसचिव सूर्यप्रसाद सिलवालले बर्तमान अवस्थामा शान्ति सुरक्षा कायम गर्नकालागि सुरक्षा निकायले अझै सक्रियताकासाथ काम गर्नु पर्ने बताए ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी जनशक्ति हरहमेशा फिल्डमा खटिन सक्ने गरी तयारी हालतमा रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?