Comments Add Comment

विराटनगरको रानी तनावग्रस्त, केही राउन्ड हवाई फायर

biratnagar-2
२३ भदौ, विराटनगर । विराटनगरको रानी क्षेत्र बुधबार बिहानै तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रहरी चेकपोस्टमा आगजनी गरेका छन् । भने प्रहरीले केही राउन्ड हवाइफायर गरेको छ ।

प्रदर्शनकारीले आगजनी गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी प्रमोद ढुंगेलले जानकारी दिए ।

रानीमा रहेको भन्सार चेकपोस्टमा रहेको प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

आगजनीपछि उनीहरुले त्यहाँ रहेका प्रहरी अधिकारीहरुलाई मट्टतिेल छर्केर आक्रमण प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको ढुंगेलले बताए ।

रानीमा प्रदर्शनकारीले ढुंगा प्रहार गर्नथालेपछि स्थिति तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment