+
+

विराटनगर भन्सारमा प्रहरीलाई जिउँदै जलाउने प्रयास

२३ भदौ, विराटनगर । मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको भन्सार चेकपोस्टमा खटिएका कर्मचारीलाई जिउँदै जलाउने प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताले प्रहरीलाई मटि्टतेल छर्केर जलाउने प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद ढुंगेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते २०:४७

ध्रुव भट्टराई

Biratnagar-tanab

२३ भदौ, विराटनगर । मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको भन्सार चेकपोस्टमा खटिएका कर्मचारीलाई जिउँदै जलाउने प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताले प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोदकुमार खरेलले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने-‘डेढ दुई सयको संख्यामा आएका प्रदर्शनकारीले प्रहरी विटमा तोडफोड गरे र, नियमित डिउटीमा खटिएका पाँच जना प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरे ।’ प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी भागेको भन्दै उनले भने-‘हवाई फायर गरेर प्रहरीलाई जल्नबाट बचाइयो ।’

भिडियो हेर्नुस्

उनका अनुसार सशस्त्र प्रहरीले एसएलआरबाट १० राउन्ड र प्रहरीले सटगनबाट पाँच र राइफलबाट एक राउन्ड हवाइ फायर गरेको थियो ।

विराटनगरको रानीमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका सञ्चारकर्मी नविन कर्ण सवार मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?