+
+

पाल्पामा कपडा बैंक स्थापना, विपद्मा परेका र विपन्नलाई वितरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ९:५३

७ जेठ, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा कपडा बैंकको स्थापना भएको छ । क्लोथ एण्ड फुड बैङक नेपालसँगको सहकार्यमा कपडा बैंकको स्थापना गरिएको हो ।

विपद्मा परेका र विपन्नलाई नि:शुल्क वितरण गर्नका लागि कपडा बैंक स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

जाडोको समयमा नागरिकलाई गाउँमै सरकार भएको महसुस गराउन कपडा बैंक स्थापना गरिएको अध्यक्ष कार्कीले बताए ।

स्थानीयस्तरबाट संकलित कपडालाई प्रशोधन गरी विपद्को समयमा र जाडोमा विपन्न परिवारलाई प्रमुख प्राथमिकतामा राखेर सहयोग गर्न कपडा बैंक संचालन गरिएको हो ।

विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा वितरण गर्ने अभियान स्वरुप बुटवलबाट सुरु भएको अभियानअन्तर्गत हालसम्म १४ वटा कपडा बैक संचान गरिएको छ । १८७ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने तयारी रहेको बैङ्कका अध्यक्ष कमल जिसीले जानकारी दिए ।

रिब्दीकोट गाउँपालिकाको दुई लाख सहयोग तथा अन्य रकमको व्यवस्था संचालक संस्थाले गरेको छ ।

कपडा बैंक स्थापना भएपछि स्थानीयले दैनिक रुपमा प्रयोगमा नआएका कपडा बैंकमा राख्ने गरेका छन् ।

करिब सात टनको बैंकमा संकलित कपडा प्रशोधन गरेर वितरणको तयारी मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।

हालका लागि कपडा बैंकमात्रै संचालनमा आए पनि बिस्तारै फुड बैंकका रुपमा पनि विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।

-कमल अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?