+
+

अफरिदीसँग मेरो यौन सम्बन्ध छः अर्शी खान

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २४ गते १२:०५

arsh-afd-7

मुम्बई । अभिनेत्री एवं मोडल अर्शी खानले पाकीस्तानी क्रिकेटर शाहिद अफरीदीसँग आफ्नो घनिष्ट सम्बन्ध भएको खुलासा गरेकी छिन् ।

बलिउडका केही फिल्ममा काम गरेकी अर्शीले आफरिदीसँग आफ्नो यौन सम्बन्ध भएको खुलासा गरेकी छिन् । अर्शीले ट्वीट गर्दै भनेकी छिन् ‘हो मैले शाहिद आफरिदीसँग सेक्स गरेकी छु ।’

उनको यो ट्वीटले केही मिडियालाई राम्रै मसला बनाइदिएको छ । जो अर्शी र शाहिद डेट गएको कुरा लेखिरहन्थे । शाहिदसँग आफ्नो सम्बन्ध भएको स्वीकार्दै अर्को ट्वीट गरेकी छिन् ‘के अब मलाई कोहीसँग सुत्नका लागि भारतीय मिडियाको अनुमति लिन जरुरी छ । यो मेरो निजी जिन्दगी हो ।’

अर्शीले यस अघि शाहीद राम्रो साथी भएको भन्दै अरु कुनै सम्बन्ध नरहेको बताउादै आएकी थिइन् । तर, मिडियाले उनीहरुको गाढा सम्बन्ध भएको दाबी गर्दै आएको थियो ।

केही मिडियाले यस्तो पनि लेखेका थिए ‘दुबईको एक सेभेन स्टार होटलमा आर्शी र शाहिदले रात बिताए ।’

अर्शी आफैं पनि विवादित ब्यक्ति हुन् । राधे मालाई सेक्स र्‍याकेट चलाएको आरोप उनैले लगाएकी थिईन् । एजन्सीकोसहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?