+
+

सबैलाई चाहियो असोज ८, तर के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २४ गते ११:४९

reema-and-puja
न दशैं, न तिहार । न त कुनै सार्वजनिक बिदा नै । तर, नेपाली चलचित्रका निर्मातका लागि असोज ८ गते विशेष बन्दैछ । सुरुवातमा २ वटा चलचित्रले प्रदर्शन मिति तोकेको भएपनि आजसम्म आउँदा यो मितिमा ४ वटा चलचित्र चल्ने भएका छन् ।

सुरुवातमा सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘चंखे शंखे पंखे’ले असोज ८ लाई प्रदर्शन मिति तोकेको थियो । यही मितिमा दिनेश श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘कामचोर’ पनि आउने चर्चा पहिले  देखि नै थियो ।

भदौ महिनाबाट नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको समयमा एकसाथ ४ वटा चलचित्र चल्दा त्यसले फाइदा कसैलाई पनि दिदैन । तर, पनि निर्माताहरु चलचित्र चलाउन तछाडमछाड गरिरहेका छन् । हुनत, दशैमा पनि ४ वटा चलचित्रको भिडन्त देखिएको छ ।

असोज ८ को डेटमा चलचित्र ‘भाले फाइट’ र ‘हाइवे टू धम्पुस’ लगाउने तयारी पनि गरिएको छ । असोज १२ गतेबाट सोह्र श्राद्ध सुरु हुने भएकाले पनि निर्माता चलचित्र चलाउन डराउछन् । यसैले पनि असोज ८ लाई सबैले मिति तोकेको हुनसक्छ ।

तर, हलिउड र बलिउड चलचित्रसँगै ४ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदा करोडौ बजेटका चलचित्रलाई घाटा पर्नेछ । सुरुमा चलचित्रको प्रदर्शन मिति आफ्नै तरिकाले तोक्ने अनी पछि हल नपाएको गुनासो गर्ने काम पनि निर्माताले गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?