+
+

दुर्इहप्तामै उल्टियो राष्ट्र बैंकको कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २४ गते १४:२६

२४ भदौं, काठमाडौं, । नेपाल राष्ट्र बैंकले सिनर्जी फाइनान्स लिमिटेडलाई लगाएको शिघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । बुधबार राष्ट्र बैंकले फाइनान्सलाई पत्रमार्फत कारवाही फुकुवा गर्ने निर्णय गरिएको जनाकारी दिएको हो।

NRB-Photoराष्ट्र बैंकले भदौं ९ गतेदेखि लागू हुनेगरी शिघ्र सुधारत्मक कारवाही गरेको थियो । कारवाही गर्ने निर्णय गरेको २ हप्तापछि फुकुवा गर्ने निर्णय गरेको हाे ।

‘२०७१ पुस मसान्त, चैत मसान्त र २०७२ असार मसान्तमा त्यस संस्थाको पुँजीकोष अनुपात यस बैंक (राष्ट्र बैंक)को निर्देशन बमोजिम रहेको पाइएकोले त्यस संस्थालाई लगाईएको शिघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारी गरााईन्छ’ कारबाही फुकुवा गरिएको पत्रमा भनिएको छ ।

२०७१ असार मसान्तमा पुँजी प्रयाप्ता ८.५ प्रतिशत मात्र भएकोले कारवाही गर्नु परेको भन्दै २०७२ भदौं ९ गते कारवाही गरेको थियो । कारवाही फुकुवा गर्दा २०७१ पुस मसान्त, चैत मसान्त र २०७२ असार मसान्तमा त्यस संस्थाको पुँजीकोष अनुपात प्रयाप्त रहेको फुकुवा पत्रमा भनिएको छ । synergy finance

वित्त कम्पनीको न्यूनतम पुँजी प्रयाप्तता सीमा ११ प्रतिशत तोकेको छ । २०७१ असार मसान्तसम्ममा पुँजी कम भए पनि २०७२ असार मसान्तमा पुँजी कोष १३ दशमलव ६ प्रतिशत रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रमान शाक्यले बताए । एशियन लाईफ इन्स्योरेन्सको सेयर बेचेर ५ करोड ६० लाख र गैर बैंकिङ सम्पत्ति बेचेर ५ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको र राष्ट्र बैंकले तोकेको भन्दा बढी पुँजी कोष कायम गरिएको उनको भनार्इ छ ।

राष्ट्र बैंकले फाइनान्सलाई विभिन्न ८ बुँदे निर्देशन दिँदै व्यवसाय विस्तार र लाभांश वितरणमा रोक लगाएको थियो । संस्थाको पुँजी वृद्धिका लागि पुँजी योजना पेश गर्न, लाभांश तथा बोनस शेयर घोषणा नगर्न, नयाँ शाखा कार्यालय नखोल्न पनि केन्द्रिय बैंकको निर्देशन थियो ।

भदाै ९ गते कायम रहेको कुल निक्षेपको सीमाभित्र रही निक्षेप परिचालन गर्न, आजैको मितिमा रहेको कुल कर्जा सीमाभित्र रही कर्जा कारोवार गर्न राष्ट्र बैंकको निर्देशन थियो ।

त्यस्तै, सुधार कार्यक्रमहरु सम्बन्धमा संस्थाको उच्च व्यवस्थापनसँग छलफल गरी छलफलका विषयबस्तुलाई अभिलेखको रुपमा राख्न, बैंकलाई नयाँ खरिद वा लिज प्रक्रिया मार्फत थप स्थिर सम्पत्ति प्राप्त गर्नु पूर्व राष्ट्र बैंकको स्वीकृति लिन, निक्षेप परिचालन र कर्जा तथा सुविधा प्रवाहसँग सम्बन्धित नयाँ व्यवसायिक क्रियाकलाप (विजनेशलाइन) संचालन गर्नुपूर्व राष्ट्र बैंककाे स्वीकृति लिनु पर्ने भनेको थियो ।

पुँजी कोष कम भएको सम्बन्धमा फाइनान्सलाई साउन २५ गतेस्पष्टिकरण सोधिएकोमा संस्थाले मिति २०७२/०५/०३ मा यस विभागमा पेश गरेको स्पष्टिकरणको जवाफ सन्तोषजनक नभएको कारवाहीको निर्णय गरेको राष्ट्र बैंकले बताएको थियो ।

यस फाइनान्समा १ अर्ब ९० करोड २३ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप छ भने फाइनन्सले १ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । करिव ढेड वर्षअघि एल्पिक, बुटवल र सिएमवी फाइनान्स मर्ज भई सिनर्जी फाइनान्सको नाममा सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?