Comments Add Comment

राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिको दर्ज्यानी चिन्ह

Rajendra Chatri Sapath (8)

२४ भदौ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राजेन्द्र क्षेत्रीलाई नेपाली सेनाको प्रधानसेनापतिको दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहमा क्षेत्रीले नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपतिसमक्ष सपथ लिएका हुन् । सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, सुरक्षा अंगका प्रमुख लगायतको उपस्थिति थियो ।

Rajendra Chatri Sapath (2)

सपथ लगतै प्रधानसेनापति क्षेत्री जंगी अड्डा पुगे, जहाँ उनलाई रातो कापेर्टले स्वागत गरिएको थियो ।

गौरव शम्शेर राणाले अवकास पाएपछि क्षेत्री नेपाली सेनाको ४२ औं सेनापति बनेका हुन् । २०१७ सालमा जन्मिएका क्षेत्रीले नेपाली सेनामा ३६ वर्ष सेवा गरिसकेका छन् ।

प्रधानसेनापतिको फूली लगाउनु अघि क्षेत्रीले एक महिना कामु सेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

Rajendra Chatri Sapath (1) Rajendra Chatri Sapath (3) Rajendra Chatri Sapath (4) Rajendra Chatri Sapath (5) Rajendra Chatri Sapath (9)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment