Comments Add Comment

प्रहरी हत्या दुःखद हो, सरकारले छानविन गरेर कारवाही गरोस् : महेन्द्र राय

२६ भदौ, काठमाडौं । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले महोत्तरीमा असई हत्याको छानविनमा सरकारलाई सहयोग गर्ने बताएका छन् ।

Mahendra-Raya-Yadavआफूहरुको शान्तिपूर्ण आन्दोलनमा देशलाई अस्थिरतातर्फ धकेल्न चाहने तत्वले घुसपैठ गरेको हुन सक्ने भन्दै उनले छानविन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

रिपोर्टर्सं क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा यादवले भने-‘महोत्तरीमा प्रहरीकेा हत्या हुनु दुःखद हो । यसको सरकारले छानविन गरेर दोषीमाथि कारवाही गरोस् । सरकारले कारवाही गरे हामी सहयोग गर्छौं ।’

शुक्रबार महोत्तरीका घाइते भएका सशस्त्र प्रहरीका असाई थमनबहादुर विकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा आन्दोलनकारीले लखेटी लखेटी हत्या गरेका थिए ।

तमसपा अध्यक्ष यादवले यथास्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको बताए । तीन दलले संविधानसभामा कोरम नपुगेकोले दुई दिन स्थगित गरेको भन्दै उनले यसको कुनै औचित्य नभएको बताए ।

उनले सेना परिचालन गरेर मधेसमा तनाव कायम रहँदासम्म वातावरण नबन्ने बताएका छन् । उनले भने-‘हामी वार्ताका विरोधी होईनौ । तर सरकारले वार्ताको वातावरण बनाएको छैन ।’

आफूहरुको माग कुनै नयाँ नभएको भन्दै तमसपा अध्यक्ष यादवले यसलाई पुरा गर्ने प्रतिबद्धता र सेना परिचालन फिर्ता गरे वार्ताको बातावरण बन्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment