+
+

किन निशानामा पर्दैछन् मधेसका प्रहरी चौकी ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २७ गते १४:०८

रमेश धमला

पूर्वी तराईका सिराहा सप्तरी लगायतका जिल्लाहरुमा रहेका सानासाना प्रहरी चौकी तथा बीटहरुमा हिजोआज खासै प्रहरीहरु देखिँदैनन् । सिराहाको औरही, भेडिया, कर्जना, मुक्सार लगायतका ठाउँहरु राजमार्गबाट केही टाढाका गाउँ हुन् ।

त्यहाँका गाउँहरु स्थानीयको सुरक्षाका लागि प्रहरी चौकी स्थापना भएका थिए । तर, पछिल्लो समय भैरहेको आन्दोलनले गाउँ गाउँमा स्थापना गरिएका ती प्रहरी चौकी र त्यहाँका प्रहरी आफैं असुरक्षित हुन थालेपछि विस्थापित भएका हुन् ।

Ramesh-Dhamala
रमेश धमला

सिराहाको राजमार्गमा पर्ने प्रहरीचौकी सीतापुर, भारतबाट नेपाल प्रवेश गरेपछिको प्रयोग हुने मुख्य राजमार्ग हो, तर त्यहाँ पनि प्रहरी असुरक्षित भएपछि हटाइएको छ ।

उता सप्तरीका पनि अवस्था उस्तै छ । ग्रामीण क्षेत्रमा रहेका चौकीहरु, त्रिकोल, तरही, कोवर्षाइन, तभा, दउलीमा पनि जनतालाई सुरक्षा दिन होइन, आफैं असुरक्षित भएपछि खाली गरिएको छ । तराई बढ्दै गएको पछिल्लो आन्दोलनको मुख्य निशानामा प्रहरीचौकीहरु पर्न थालेपछि गाउँ-गाउँमा रहेका प्रहरी चौकीहरु असुरक्षित हुन थालेका छन् । त्यसमा पनि विषेश गरेर भारतसँग सीमा जोडिएका स्थानमा रहेका र राजमार्गमा चेकिङको लागि स्थापना गरिएका चौकी तथा बीटहरुलाई आन्दोलनकारीहरुले मुख्य निशानामा पारेर जलाउने तथा प्रहरीमाथि सांघातिक आक्रमण गरिरहेका छन् ।

वीरगञ्जको नगुवा प्रहरी चौकी सीमा सुरक्षाका लागि स्थापना भएको थियो तर आन्दोलनकारीले त्यही चौकीलाई पहिलो निशानामा पारे ।
यता बिराटनगरको सीमा क्षेत्र रानीमा रहेको इलाका प्रहरी कार्यालयमा आग्जनीको प्रयास भएको थियो । यी उदाहरणहरु हुन्, जहाँ राजनीतिक आन्दोलनले सुरक्षा निकायलाई असुरक्षित बनाएको छ ।

आन्दोलन राजनीतिक तर निशानामा सुरक्षा निकाय

पछिल्लो समय तराईका जिल्लाहरुमा भैरहेको आन्दोलनको माग संविधानसँग जोडिएको छ । तर, तराई जिल्लाहरुमा भैरहेको आन्दोलनकारी र सुरक्षा निकाय वीचको भिडन्तको दृश्य हेर्दा राजनीतिक आन्दोलनजस्तो देखिँदैन ।

प्रमुख तीन राजनीतिक दलहरुले मधेशको माग सम्बोधन नगरेको भन्दै मधेस केन्दि्रत दलहरु आन्दोलित भएका हुन् । संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा तराईमा भैरहेका आन्दोलन राजनीतिक माग स्थापित गराउन भन्दा हिंसात्मक हुन थालेको छ । ०६४ सालमा भएको मधेस आन्दोलनमा भन्दा बढीको ज्यान गैसकेको छ ।

कैलालीको घटनापछि सुरक्षा निकाय विषेश गरेर नेपाल प्रहरी निकै आक्रमक रुपमा प्रस्तुत भैरहेको छ । सुरुमा राजनीतिक आन्दोलन भएको त्यति हिंसात्मक नहुने र राजनीतिक तहबाटै समस्या समाधान हुने विश्लेषण थियो सुरक्षा निकायको । तर, परिस्थिति फरक देखिएपछि सुरक्षा रणनीति फेरिएको छ ।

प्रहरीमाथि आक्रमण गर्ने र ठाउँ ठाउँमा रहेका चौकीहरु विस्थापित गराउने उद्देश्य बोकेका गलत तत्वले पनि आन्दोलनको फाइदा उठाउन थालेपछि तराईमा सुरक्षा निकाय कठोर हुन थालेको सुरक्षा अधिकृतहरु बताउँछन् । बढी सुरक्षा चेकजाँच हुने राजमार्गका सुरक्षा चौकीहरु तथा सीमानामा रहेका प्रहरी कार्यलयहरुमाथि आक्रमण गरेर विस्थापित गराउने उद्देश्यसहित आपराधिक समुह सक्रिय हुन थालेको सुरक्षा विश्लेषण छ । आन्दोलनकारीको भीडमा जानेर प्रहरी सुरक्षा निकायमाथि आक्रमण गर्ने आपराधिक समूह सक्रिय हुन थाले सूचना पाएपछि कठोर कदम चाल्न बाध्य भएको प्रहरी स्रोतको भनाइ छ ।

विषेश गरेर अवैध तस्करी गर्ने अपराधिक समूहले अहिलेको आन्दोलनको फाइदा लिने प्रयास गरिरहेका छन् । राजनीतिक माग स्थापित गराउन आन्दोलनमा होमिएकाहरु स्थानीय नागरिकहरु हुन्छन् । तर, अहिलेको आन्दोलनमा स्थानीयभन्दा अराजक र तस्करी गर्ने अपराधिक समूहले सुरक्षा निकायमाथि सांघातिक आक्रमण गरिरहेको सुरक्षा विश्लेषण छ ।

सुरक्षा अधिकृतहरु भन्छन्, राजनीतिक मागका नाममा प्रहरी विस्तापित गर्ने उद्देश्य बोकेकाहरुले आतंक सिर्जना गरेकाले प्रहरी कठोर बन्नु परेको हो ।

आन्दोलनका नाममा सुरक्षा निकाय विस्थापित गर्न सक्रिय समुहले सीमाक्षेत्रका प्रहरी कार्यलयहरुलाई निशानामा पारिरहेको प्रहरीको विश्लेषण छ । त्यस्ता सीमा तथा सुरक्षा जाँच हुने स्थानमा रहेका प्रहरी बीटहरु हटाउन सके केही समय भए पनि अपराध गर्न सकिने उद्देश्यसहित आक्रमण भैरहेका छन् एक प्रहरी अधिकृतले भने ।

भोलिका दिनमा ती गाउँमा सुरक्षा चाहिँदैन ?

तराईका जुन, जुन गाउँ र क्षेत्रबाट प्रहरी असुरक्षित भएर विस्तापित भएका छन । ती गाउँमा अब फेरि प्रहरी किन पठाउने ? प्रहरी प्रधानकार्यलयका एक अधिकृतले भने । जुन-जुन गाउँमा प्रहरी बिट जलाउने र आक्रमण गर्ने काम भएको छ, ती गाउँमा जनताले नै माग गरेर प्रहरी राखिएको थियो । तर, आज केही अराजक तत्वको भिडमा लागेर गाउँमा सुरक्षा दिन बसेको सुरक्षाकर्मीहरु असुरक्षित हुन थालेपछि भोलिका दिन किन जाने ? प्रहरी प्रधान कार्यालयमा बहसको विषय बनेको छ ।

पछिल्लो समय तराईका जिल्लाहरुका विषेश गरेर विकट ग्रामीण क्षेत्रमा अपहरण, हत्या लगायतका सामाजिक घटना बढ्न थाले पछि सकेसम्म नजिकको दुरीमा प्रहरी बिटहरु स्थापना भएका थिए । समयमा प्रहरी पुग्न सकेन, समयमा अपराधी पक्राउ परेन भन्ने गुनासो आएपछि स्थापना भएका चौकीहरु अहिले खाली भएको छ ।

अब के ती गाउँहरुमा अपराध हुँदैन ? जनतालाई सुरक्षा चाहिँदैन ? अब प्रहरीहरु नै एक्लै दोक्लै हिँड्न नसक्ने अवस्था आएको छ भने सर्वसाधारणहरु कसरी जान सकिन्छ गाउँमा ? सिराहाका एक प्रहरी जवानको दुखेको हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?