+
+

सामाजिक सदभावको कामनासहित दाङमा र्‍याली र सभा

२८ भदौ, घोराही । पछिल्लो समयमा सीमांकनको विषयलाई लिएर देशका बिभिन्न ठाउँमा भैरहेका हिंसात्मक घटनालाई रोक्न र सदभाव कायम गर्न दाङबाट शान्तिको उदघोष गरिएको छ । नेपाल लोकतान्त्रिक थारु संघ दाङको आयोजनामा आज घोराहीमा सदभाव र्‍याली गरी परेवा उडाएर शान्तिको उदघोष गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १७:४०

निमुसंगम घर्ती
२८ भदौ, घोराही । पछिल्लो समयमा सीमांकनको विषयलाई लिएर देशका बिभिन्न ठाउँमा भैरहेका हिंसात्मक घटनालाई रोक्न र सदभाव कायम गर्न दाङबाट शान्तिको उदघोष गरिएको छ । नेपाल लोकतान्त्रिक थारु संघ दाङको आयोजनामा आज घोराहीमा सदभाव र्‍याली गरी परेवा उडाएर शान्तिको उदघोष गरिएको हो ।

Dang-ma-Sadvab-Rally-&-Sava

नेकपा एमालेका नेता शंकर पोख्रेल, वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरी, पूर्वमन्त्री महेश चौधरी, पू्र्वसभासद शान्ता चौधरी लगाएतका नेताहरुले सबै वर्ग, क्षेत्र र जातिबीच सद्भाव कायम होस् भन्दै शान्तिको प्रतीक परेवा उडाएका थिए ।

त्यसअघि ‘समृद्ध र बलियो राष्ट्र निर्माण गरौं, न्याय र समानता सहितको सामाजिक सद्भाव कायम गरौं’ भन्ने नाराका साथ विभिन्न झाँकी र जुलुससहित र्‍याली निकालिएको थियो ।

घोराहीको ट्राफिकमा रहेको गुम्राह थारु चोकबाट सुरु भएको सदभाव र्‍याली निमाहल रोड, बैंक रोड, दामोदर चोक, तुलसिपुर चोक हुदै कर्मचारी मिलन केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।

Dang-ma-Sadvab-Rally

नेपाल लोकतान्त्रिक थारु संघका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षता एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शान्तिको प्रतिक परेवा उडाएर कार्यक्रमको उदघाटन गरिएको थियो ।

सभालाई सम्वोधन गर्नेहरुले सबै संविधानमा सबै जातजाति र वर्ग समुदायका नागरिकको अधिकार लेखिए मात्रै शान्ति र विकास हुने धारणा राखेका थिए । उनीहरुले देशमा अहिले देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न सबै समुदायबीच सदभाव अनिबार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?