Comments Add Comment

नयाँ संविधानले शान्ति र समृद्धि ल्याउने अमेरिकाको आशा

२९ भदौ, काठमाडौं । अमेरिकाले नेपालमा बन्न लागेको नयाँ संविधानले शान्त र समृद्ध नेपाल निर्माण गर्ने आशा व्यक्त गरेको छ ।

american-flagअमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले एक विज्ञप्ति जारी गर्दै नेपालको आर्थिक विकासका लागि आधारशिला बनाउन पनि संविधान महत्वपूर्ण रहेको जनाएका छन् ।

‘नेपालले संविधान निर्माणको अन्तिम प्रक्रियामा रहेका बेला भइरहेको बहसलाई अमेरिकाले नजिकबाट नियालिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रियाले नेपाली जनताका लागि कति ठूलो अर्थ राख्न भन्ने हामीले राम्ररी बुझेका छौं ।’

नयाँ बन्ने संविधानले सिर्जनशीलता, समावेशीता र लचकतालाई आत्मसात गर्ने विश्वास अमेरिकाले लिएको छ । साथै यसले अधिकतम समर्थनका साथ जनताका आधारभूत अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उसले जोड दिएको छ ।

आन्दोलनरत शक्तिहरुलाई शान्तिपूर्ण र अहिंसात्मक माध्यम अपनाउन तथा सुरक्षा निकायलाई संयम अपनाउन पनि अमेरिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment