Comments Add Comment

कपिलवस्तुको लबनी प्रहरी चौकीमा आगजनी

३० भदौ, तौलिहवा । कपिलवस्तुको लबनी अस्थायी प्रहरी चौकीमा स्थानीयले आगजनी गरेका छन् । गएराति प्रहरीहरु भित्रै भएकाबेला स्थानीयले घेरा हालेर चौकीमा आगो लगाएका थिए । प्रहरीहरुले भागेर ज्यान जोगाए पनि चौकी जलेर नष्ट भएको छ ।

Kapilbastu-Mapहतियारसहित प्रहरीहरुलाई नजिकको इलाका प्रहरी कार्यालय पकडीमा स्थानान्तरण गरिएको छ ।

तौलिहवा-लुम्बिनी सडक खण्डमा पर्ने लबनी प्रहरी चौकीमा दुई सय भन्दै धेरै व्यक्तिहरु आएर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो निभाउन कोही पनि आउन नपाओस् भनेर चौकी जाने सडकहरु स्थानीयले अबरुद्ध पारेका थिए ।

बीच बाटोमा ट्रयाक्टर र ट्याक्टरको ट्रली राखेर अबरुद्ध गरिएको बाटो खुलाउँदै जिल्ला प्रहरी कार्यालयको टोली चौकीसम्म पुगेको थियो । प्रहरी नायव उपरिक्षक डीआर विष्ट नेतृत्वको टोलीले चौकीमा आगजनी गर्न आएकाहरुलाई हवाई फायर गर्दै तितर वितर पारेको थियो । स्थानीय भागेपछि आगो निभाइएको थियो । आगाले चौकी भित्र रहेका प्रहरीका बन्दोबस्तीका सामान, फर्निचर र महत्वपूर्ण कागजपत्र सबै जलेर नष्ट भएका छन् ।

लबनी चौकीमा असईको नेतृत्वमा १३ प्रहरी थिए । सो प्रहरी चौकी चार वर्ष अघि स्थानीयले नै जनश्रमदान गरी निर्माण गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment