Comments Add Comment

एमाओवादी नेता शर्माले केन्द्रीय सदस्यबाट राजीनामा दिए

३० भदौ, काठमाडौं । एमाओवादीसम्वद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

Ram kumar Sharmaपार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी प्रचण्डसँग घाटी मिलाएको र मधेसको आन्दोलनको विपक्षमा लागेको भन्दै शर्माले केन्द्रीय समितिबाट राजीनामा दिएका हुन् ।

महोत्तरीमा रहेका नेता शर्माले अनलाइनखबरसँग भने, ‘कमल थापा र प्रचण्डलाई कुन दर्शन, कुन सिद्धान्तले एक ठाउँमा ल्यायो ? मैले बुझ्न सकेको छैन ।’

संविधान बनाउनु पर्ने प्रचण्डको आफ्नै बाध्यता भएपनि सेना परिचालनविरुद्ध समेत उभिन नसकेको उनको आरोप छ । ‘माओवादीले उठाएकै एजेण्डामा आन्दोलन हुँदैछ । तर, पार्टी अध्यक्ष मधेसीलाई द्रेशद्रोही भन्दै हुनुहुन्छ,’ उनले भने, ‘घाटी जोड्ने वा विद्रोहको झण्डा बोकेर आन्दोलनमा जाने विकल्प मात्र थियो । मैले आन्दोलन रोजेँ ।’

तर, एमाओवादी र मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भने नछाडेको उनले बताए । शर्माले मधेसी राष्ट्रिय मुक्ति मोर्चालाई सक्रिय बनाउने र आन्दोलनरत पक्षहरुसँग सहकार्य गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment