Comments Add Comment

संविधान घोषणाको अवसरमा असोज ३ र ४ गते सार्वजनिक विदाको प्रस्ताव

Ca-Meet

३० भदौ, काठमाडौं । संविधानसभाले नयाँ संविधान घोषणाको अबसर पारेर असोज ३ र ४ गते सार्वजनिक विदा दिन प्रस्ताव गरेको छ ।

संविधानसभाले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्न भने बाँकी छ । स्रोतले भन्यो-३ र ४ गतेे सार्वजनिक विदा दिने प्रस्ताव भएको छ । अब सरकारले निर्णय गर्नेछ ।’

संविधानसभाले नयाँ संविधान दुर्इ तिहाइले पास गरेको छ र असोज ३ गते ५ बजे घोष्णा गर्ने मिति तय गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले संविधान घोषणाको समयमा पूर्व सभासदहरुलाई पनि बोलाउने प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment