+
+

रुपन्देहीका दुई चौकीमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १२:२८

३१ भदौ, बुटवल । रुपन्देहीको आमा गाविस-९ स्थित कालिदह प्रहरी चौकीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन् । बुधबार राति बन्दकर्ताहरुले आजगनी गरी चौकीमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

Rupandehiसो चौकी कालिदह इलाका प्रहरी कार्यालय लुम्बिनीमा गाभिएको थियो ।

यसैगरी बोधबार-६ स्थित प्रहरी चौकी पिपरिहवा रुपन्देहीको एकतले खाली भवनमा पनि बुधबार अज्ञात समूहले आगजनी गरेको छ । ३-४ वटा मोटरसाइकलमा चढेर आएका मुखमा कालो पट्टी बाँधेका व्यक्तिहरुले पेट्रोल छर्केर आगजनी गरेका हुन् ।

आगजनीमा संलग्न व्यक्तिहरुको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घरमा आगो लाग्यो

यसैबीच सप्तरीको कञ्चनरुप नगरपालिका-१० बस्ने मोहमद हनिकको भान्सा घरको चुल्होबाट विहीबार आगलागी हुँदा करिब ३ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको छ । फुसको घर, नगद ४० हजार रुपैयाँ, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो निभाएको थियो । आगलागीको कारण नखुलेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?