+
+

कृषक भारतीय बजारमा दूध निर्यात गर्न बाध्य

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते १०:२९

१ असोज, बाँके । बाँके जिल्लाको विकट राप्तीपारि क्षेत्रअन्तर्गत पर्ने अधिकांश गाविसका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य छन् ।

milk collectionनेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्तीपारिका केही गाविसमा उत्पादित दूध सीमापारि भारतीय बजारमा निर्यात हुने गरेको किसान बताउँछन् ।

सो क्षेत्रको बैजापुर, काँलाफाटा, लक्ष्मणपुर, गङ्गापुर, बिनौना, मटेहिया, कट्कुइँया र नरैनापुर गाविसका किसानले भारतीय बजारमा दैनिक एक हजार लिटरभन्दा बढी दूध बिक्री गर्दै आएका छन् ।

‘यातायातको सहज पहुँच नभएका कारण कृषकले भारतीय बजारमा दूध बिक्री गर्नुपरेको हो’ स्थानीय कृषक मुन्ना यादवको दुःखेसो छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार नेपालगन्जमा आवश्यक पर्ने दैनिक करिब २० हजार लिटर दूधमध्ये हाल करिब १५ हजार लिटर मात्र उपलब्ध गराउन सकिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?