+
+

बलिउडका अभागी कलाकार, बुढेसकालमा बेहाल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते १४:०३

मुम्बई । आफ्नो समयमा उनीहरुलाई नाम, दाम र इज्जत केहिको कमि थिएन, तर बुढेसकालमा सडकमा माग्दै समेत हिंडे । प्रसंग केहि अभागी बलिउड कलाकारहरुको हो ।

जीवनको उत्तरार्द्धमा डिप्रेसनको सिकार भएका कलाकार कति छन् कति । उनीहरुमध्ये केहिले त बुढेसकालमा अस्पतालको पैसा तिर्नसमेत नसकेर चन्दा माग्नु पर्‍यो भने कतिले आत्महत्याको वाटो रोजे । जीवनको उत्तरार्द्धमा दुख भोग्ने कलाकारहरु यी हुन् ।

पागलखानामा राजकिरण

raj-notfound

हिन्दी चलचित्र ‘अर्थ’ मा काम गरेर चर्चामा आएका राजकिरण पछिल्लो केही वर्षदेखि अमेरिकाको एटलान्टास्थित एक पागलखानामा छन् । दुःखको बेला आफन्तले धोका दिएपछि उनमा पागलपन देखिएको बताइएको छ ।

तर, परिवारका सदस्यले यो खबरलाई गुपचुप राख्ने प्रयास गरेका छन् । यतिसम्म कि केही वर्षअघि उनको मृत्यु भएको खबर समेत सार्वजनिक भयो ।

सुभाष घईको चलचित्र ‘कर्ज’ मा राज किरणसँगै काम गरेका ऋषि कपुरले अमेरिका गएको बेला राज किरणलाई भेटेर आएको बताएका थिए । ऋषि कपुरले भेटेर आएपछिको स्थिती कस्तो छ, कसैलाई जानकारी छैन ।
सडकमा माग्थे अन्तराका बुबा

नायिका अन्तरा मालीका बुबा जगदीश माली प्रसिद्ध फोटोग्राफर हुन् । मानसिक रुपले अस्वस्थ भएका जगदीश एक समय फाटेको कपडा लगाएर मुम्बईको सडकमा माग्दै हिंड्थे ।

जगदीश मानसिक रोगी भएको र सडकमा माग्दै हिंडेको मोडल मिंक बरारले पत्ता लगाएकी थिइन् । उनले जगदीशलाई खान खुवाउनुको साथै गाडीमा राखेर घर पुर्‍याएकी थिइन् ।

घर पुर्‍याउने क्रममा उनको ब्यबहारवाट जगदीश मानसिक रुपमा विक्षिप्त भएको मिंकले थाह पाइन् । मे १३, २०१३ मा उनको निधन भएको थियो ।

फ्यानको घरमा नायरको बास

प्रसिद्ध संगीतकार ओपी नायरको ८१ वर्षको उमेरमा निधन भएको थियो । उनले केही लोकपि्रय धुन बनाएका छन् । उनको पनि जीबनको उत्तरार्द्ध कठिन भयो । परिवारसँग अलग भएपछि केही समय एक फ्यानको घरमा बसे । एक्लो जीबन जीउन थालेपछि उनमा रक्सिको लत बस्यो । कुनै पत्रकार अन्तर्वार्ताको लागि जाने बित्तिकै अन्तर्वार्ता दिनु अघि पैसा माग्थे ।

ak-hangal-dies

अमिताभको पैसाले उपचार

चरित्र अभिनेताको रुपमा प्रसिद्धी पाएका ए के हंगलसंग बुढेसकालमा उपचार गर्ने पैसाको समेत अभाव थियो । बिरामी भएर अस्पताल भर्ना भएका ए के हंगलका छोराले समेत बाको उपचार गर्ने सामथ्र्य नभएको जनाएपछि अभिनेता अमिताभ बच्चनले उपचारको लागि भन्दै बीस लाख रुपैंया दिएका थिए ।
वाँच्नका लागि वाचमेनको नोकरी

भारत भुषण प्रसिद्ध अभिनेता मानिन्थे । हिन्दी चलचित्र उद्योगका प्रसिद्ध नायकको सूचीमा अहिले पनि उनको नाम सुरक्षित छ । उनका धार्मिक फिल्मले बक्स अफिसमा उधुम मच्चाएको थियो ।

आनन्द मठ, मिर्जा गालिब, बरसात की रात र जहाँ अरा जस्ता चर्चित फिल्म दिने नायकको बुढेशकाल वाचमेनको नोकरीमा बित्यो ।

मिना कुमारीसँगको अफेयर नै उनको करिअर ओरालो लाग्नुको कारण थियो । अभिनयको प्रस्ताब आउनै छाडेपछि उनले एक फिल्म स्टुडियोमा वाचमेनको जागीर खाएका थिए । सन् १९९२ मा भाडाको घरमा बस्दा उनको निधन भएको थियो ।

परवीनको दुःखद मृत्यु

दीवार, नमक हलाल, अमर अकबर एन्थोनी जस्ता चलचित्रमा काम गरेकी परवीन भाबीको गुमनाम मृत्यु भयो । दुधवालाले तिन दिन देखी दुध लिन नआएको जानकारी गराएपछि प्रहरीले घर खानतलासी गर्दा तीन दिनअघि नै उनको मृत्यु भएको पुष्टि भएको थियो ।

लामो समयदेखि उनी मुम्बईमा एक्लै बस्दै आएकी थिईन् । डिप्रेशनको शिकार भएकी उनलेउ पछिल्लो समय सबैसंग भेटघाट बन्द गरेकी थिईन् ।

‘पञ्जाबका अमिताभ’लाई डिप्रेशन

सतीश कौललाई अहिले पनि पञ्जाबी सिनेमाका अमिताभ भन्छन् दर्शक । आज उनको गुमनाम जिन्दगीवारे धेरैलाई थाह छैन । उनी अहिले ज्ञान सागर अस्पताल भर्ना भएका छन् । तर, कोही भेटन आएको छैन । अस्पताल प्रशासनले उनी डिप्रेशनको शिकार भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?