+
+

चल्यो वडा नम्बर ६, चार दिनको विदामा लगानी उठ्ने विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते १४:१९

ward-no-6

हास्य कलाकारहरुको समुहले निर्माण गरेको फिल्म वडा नम्बर ६ ले शानदार ओपनिङ गरेको छ । काठमाडौंका सबै हलहरुमा एकै साथ प्रदर्शन भइरहेको फिल्म हेर्न सबै किसिमका दर्शक आएका छन् ।

मल्टिप्लेक्स र सिंगल स्त्रिmन दुवैमा दर्शकहरु हाउसफुल रहेको निर्माता दिपकराज गिरीले बताए । ‘हिन्दी सिनेमा हेर्न बानी परेका दर्शक पनि वडा नम्बर ६ हेर्न आए’ उनले अनलाइनखबरसित भने । फिल्म निर्माणमा संलग्न गिरीसहित दिपाश्री निरौला, केदार घिमिरे (माग्नेबुढा), सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे -सुन्तली) लगायत कलाकारको टोली बिहानैदेखि हल-हलमा पुगेर बजार बुझिरहेको छ ।

काठमाडौंका मल्टिप्लेक्समा फिल्मले २१ शो पाएको दिपकराजले जानकारी दिए । ‘नेपाली फिल्म कि सिंगल स्त्रिmनमा राम्रो चल्छन्, कि मल्टिप्लेक्समा’ उनले भने, ‘तर वडा नम्बर ६ ले दुवैतिर उत्तिकै भिड बटुलेको छ ।’ उनले फिल्मको माउथ पब्लिसिटी पनि औधि राम्रो रहेको दावी गरे । आजकै हिसाबले हेर्दा अघिल्लो फिल्म ६ एकान ६ को रेकर्ड तोड्ने विश्वास उनको छ ।

‘६ एकान ६ लाई कतिपयले हावादारी पनि भनेका थिए,’ दिपकराज भन्छन्, ‘तर वडा नम्बर ६ लाई कसैले नराम्रो भनेको पाइनँ ।’ शुक्रबारदेखि लगातार चार दिन सार्वजनिक विदा भएकाले फिल्मको व्यापार आकाशिने अनुमान गरिएको छ ।

प्रतिभाशाली निर्देशक उज्ववल घिमिरेले निर्देशन गरेको वडा नम्बर ६ मा थुप्रै हास्यकलाकारका साथमा दयाहाङ राई र पि्रयंका कार्की समेत छन् । उनीहरु दुवै जना सुटिङमा व्यस्त रहेकाले आज हलहरुमा दौडिन पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?