+
+

मलेसियाका पत्रकारले भने-दूतावासबाटै समस्या भयो

क्वालालम्पुर । मलेसियामा रहेर पत्रकारीता गरिरहेका गणेश आचार्यले दूतावासबाटै आफूहरुलाई समस्या हुने गरेको गुनासो गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १०:०२

रामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियामा रहेर पत्रकारीता गरिरहेका गणेश आचार्यले दूतावासबाटै आफूहरुलाई समस्या हुने गरेको गुनासो गरेका छन् ।

क्वालालम्पुरमा पत्रकार भेटघाट गर्दै उनले दूतावासले समाचारको विषयलाई लिएर आफ्नो राहदानीसमेत जफत गरेको आरोप लगाए ।

ganesh malasya
आचार्यले प्रेस बिज्ञप्ति प्रकाशित गर्दै समाचारमा चित्त नबुझे खण्डन गर्न सक्ने तथा कानुनी बाटो अपनाउनु पर्नेमा राजदुतले गैरकानुनी ढगंबाट पासपोर्ट जफत गरेको आरोप लगाएका छन् ।

आचार्यले राजदुतले आफुमाथि गरेको ज्यादतीकाबारेमा परराष्ट्र मन्त्रालय, नेपाल पत्रकार महासंघ तथा मलेसियामा रहेका शीर्ष तीन दलका भातृ संगठनमा पनि लिखित पत्र पेश गरेका छन् ।

महासंघले पनि बिज्ञप्ति जारी गरी यो घटनाले महासंघको ध्यानाकर्षण गराएको आचार्यले बताए । आचार्य मलेसियाबाटै संचालित अनलाइनपोर्टलमा आवद्ध छन् ।

नेपाली दुतावासका राजदुत डा.निरन्जनमान सिं वस्न्यातले पत्रकार आचार्यको पासपोर्ट नेपाली दुतावासमा रहेको बताएका छन् । राजदूत बस्नेतले आचार्यको पासपोर्ट कार्यालय खुल्लासाथ लिन आउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?