+
+

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते ७:१२

rojgar५ असोज, काठमाडौं । आर्थिक उन्नतीका लागि वैदेशिक रोजगारीमा गएका युवायुवतीको उतै मृत्यु हुने क्रम बढेको छ ।

वैदेशिक रोजगारीमा रहेकाहरु मुटुसम्बन्धी समस्या, हृदयघात, प्राकृतिक मृत्यु, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्र दुर्घटना, हत्यालगायतका कारणले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको नागरिकमा खबर छ ।

२०६४ सालयता चार हजार चार सय एक कामदारले विदेशी भूमिमा ज्यान गुमाएको बोर्डले जनाएको छ । उक्त अवधिमा चार हजार तीन सय १४ पुरुष र ८७ जना महिलाले ज्यान गुमाएका छन् ।

जीवनशैली, तनाव, अस्वस्थकर खानपान, धूमपा तथा मध्यपानका कारण नेपालीहरुलाई मुटुसम्बन्धी रोग लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?