+
+

कांग्रेस एमालेका शीर्षनेताले भने- भारतसँग कुरा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते १९:२४

Sushil koirala and kp oli

५ असोज, काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेताहरुले भारतले नेपाललाई नाकाबन्दी लगाउन नसक्ने र त्यो सोच्न पनि नहुने प्रतिक्रिया दिएका छन् ।

एमालेले नयाँ संविधानको स्वागतमा काठमाडौंको दशरथ रंगशालामा आयोजना गरेको चियापानमा पत्रकारहरुसँग बोल्दै एमाले अध्यक्ष ओलीले भारतसँग कुनै समस्या नरहेको बताए । ओलीले भने- ‘हाम्रो संविधानले सबै जनतालाई समेटेको छ, केही कसैका असन्तुष्टि छन् भने संविधान संशोधन मार्फत समेटिन्छ । हाम्रा मित्ररुले कुनै चिन्ता वा संशय प्रकट गर्न जरुरी छैन ।’

नाकाबन्दीको सामना गर्न तयार हुनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले त्यो सम्भावना नै नरहेको बताए । उनले भारतीय नेताहरुसँग यसबारेमा सम्वाद हुने समेत बताए ।  ‘भूपरिवेष्टित राष्ट्र हुनुको नाताले हाम्र केही अन्तर्राष्ट्रिय हक अधिकार छन्’ ओलीले भने ‘ट्यांकर व्यवसायीको असुरक्षाको गुनासाले गाडीहरु रोकिएको हुन सक्छ’ ।

ओलीले मधेसकेन्दि्रत दलका नेताहरुसँग छलफल भइरहेको र जनताका जायज मुद्दाहरु समेट्न कुनै सुमस्या नरहेको बताए । तर संविधान विरुद्ध आन्दोलन गर्न आवश्यक नरहेको उनले बताए ।

चियापानमै पुगेका प्रधानमन्त्री सुशील कोइराला पत्रकारहरुलाई छलेर हिँडे । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने भारतीय पक्षसँग सम्वाद भइरहेको बताए ।

पौडेलले भने-‘नाकाबन्दीका हल्ला बेकारमा चलाइएको हो, त्यो कुनै सम्भावना छैन । हामी हाम्रा साथीहरुसँग छलफल गरेर हाम्रो समस्या हामी नै समाधान गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?