+
+

महिनामा ४० हजारको खान्छु, नखाने कुरा केहि छैन

एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् महिमा सिलवालले । केही म्युजिक भिडियोमा समेत देखिएकी महिमा अहिले सुटिङको क्रममा बुटवलमा छिन् । महिमासँग अनलाइनखबरले हरेक मंगलवार प्रकाशन हुने ‘सेलीब्रेटी र खाना’ स्तम्भ अन्तर्गत गरिएको कुराकानीः

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते १९:१६

महिमा सिलवाल

mahima-silwal
एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् महिमा सिलवालले । केही म्युजिक भिडियोमा समेत देखिएकी महिमा अहिले सुटिङको क्रममा बुटवलमा छिन् । महिमासँग अनलाइनखबरले हरेक मंगलवार प्रकाशन हुने ‘सेलीब्रेटी र खाना’ स्तम्भ अन्तर्गत गरिएको कुराकानीः

बिहान र बेलुका के खानुहुन्छ ?
बिहान उठ्ने बित्तिकै ‘हटलेमन वीथ हनी’ खान्छु । बे्रकफास्ट हल्का खालको लिन्छु । प्राय ब्रेड, अण्डा हुन्छ ब्रेकफास्टमा । दिउसोको एक-दुई बजेतीर लञ्च खान्छु । बेलुका प्रायः भात खान्न । दुईटा सुख्खा रोटी खान्छु, दाल वा चिकन ग्रेभीसँग ।

मिठो लाग्ने र नलाग्ने खाने कुरा ?
चिकेन ग्रेभी, तन्दुरी र साग मन पर्छ । मटनको सेन्ट मन पर्दैन । प्रायः मटन खान्न पनि ।

अरु के-केको मासु खानुहुन्छ ?
बफ दुई-तीन महिनामा एकचोटी खान्छु । माछा पनि ठिकै खान्छु ।

डाइटिङ गर्नुहुन्छ ?
अहँ, म कहिल्यै डाइटिङ गर्दिन । मिलाएर खान्छु, बस ।

विदेश गएको बेला के बढी खानुहुन्छ ?
कुन देश गएको हो त्यसमा भर पर्छ । कतिपय देशमा आफुलाई मन पर्ने खाना सजिलै पाईदैन । त्यस्तो अवस्थामा फ्रुट्समा मात्रै पनि ध्यान दिनुपर्छ ।

Mahima Silwal__Khana and Celebs

लामो समयसम्म भोकै बसेको याद छ ?
म भोक खप्न सक्ने खालको मान्छे हैन । त्यस कारण लामो समय भोको बसेको प्रसंग मेरो दिमागमा छैन ।

तपाईलाई के पकाउन आउँछ ?
मलाई लगभग सबैथोक पकाउन आउछ । दाल, भात, तरकारी, चिकेन ग्रेभी निकै मिठो बनाउछु । एउटै चिज आउदैन, ढिंडो ओडाल्न ।

विदेश जाँदा खान नजानेर अप्ठयारो भएको छ ?
खान नजानेर होइन, खान नपाएर चाँही अप्ठेरो भएको छ । पहिलोपटक थाइल्याण्ड जाँदा आफ्नो स्वाद अनुसारको खाना नपाएर निकै गार्‍हो भयो । थाइफुडको सेन्ट मलाई पटक्कै पन पर्दैन । तीन दिनसम्म गतिलो चिज खानै पाइएन ।

कसले पकाएको मिठो लाग्छ ?
मलाई मेरी बहिनीले पकाएको सबैभन्दा मिठो लाग्छ ।

खाना वा खाजाका लागि कुन ठाँउ धेरै जानुहुन्छ ?
प्रायः हटब्रेड जाने गरेकी छु ।

कसैले झुक्याएर तपाईले नखाने कुरा खुवाएका छन् ?
मैले नखाने कुरा केही छैन । त्यसकारण जसले जे खुवाए पनि झुक्याउन सक्दैन ।

खानामा मासिक खर्च कति हुन्छ ?
हुन्छ होला ४० हजार जति ।

खाना खान कति समय लगाउनुहुन्छ ?
म सबैभन्दा छिटो खाने मान्छे । चार मिनेटदेखि आठ मिनेटमा खाईसक्छु ।

तपाईले हरेक दिन नछुटाई खाने कुरा के के हुन् ?
हरियो साग, चिकेन ग्रेभी र गोलभेडाको अचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?