+
+

युरो–एसिया आर्थिक मञ्च बैठकमा उपराष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते १७:४२

५ असोज, काठमाडौँ । उपराष्ट्रपति परमानन्द झा चीनको सान्सी प्रान्तको सियान सहरमा आयोेजना हुने ‘युरो–एसिया आर्थिक मञ्च २०१५’ को छैटौँ बैठकमा भाग लिन नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

यही असोज ६ देखि ९ गतेसम्म आयोजना हुने सो मञ्चमा सहभागी हुन उहाँका साथ उपराष्ट्रपति कार्यालयका कामु सचिव जीवनप्रभा लामा, उपराष्ट्रपतिका निजी सचिव कृष्णचन्द्र झा, परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याललगायत छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति झालाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा मीनेन्द्र रिजाल एवम् परराष्ट्र मन्त्रालयका उच्च अधिकृतले बिदाइ गरे ।

प्रत्येक दुई वर्षमा हुने उक्त मञ्चको पहिलो बैठक सन् २००५ मा भएको थियो । यसअघि पाँच बैठक भइसकेका छन् । चीन सरकार र साङ्घाई सहयोग सङ्घले संयुक्त रुपमा आयोजना गर्ने बैठकको उद्देश्य ‘सहयोगको नमुनामा नवीनता तथा रेशम मार्गको समृद्धि बाँडफाटका लागि एक क्षेत्र एक सडक निर्माण’ रहेको छ ।

मञ्चको बैठकका क्रममा उपराष्ट्रपति झाले आफ्ना समकक्षीसँग द्विपक्षीय बैठकमा भाग लिनेछन । प्रतिनिधिमण्डल यही असोज ९ गते गाङ्दोङ प्रान्तको सेन्चेत सहर हुँदै नेपाल फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?