+
+

बियर, मदिरा र वाइन एकै उद्योगले उत्पादन गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ७ गते १५:२०

७ असोज, काठमाडौं । सरकारले एउटै उद्योगले बियर, मदिरा तथा वाइन उत्पादन गर्न दिने निर्णय गरेको छ । औद्योगिक प्रवर्द्धन बोर्डले विभिन्न नयाँ व्यवस्थासहित संशोधन गरी तयार गरिएको मदिरा तथा बियर उद्याग नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेपछि बियर, हार्डडि्रंक्स र वाइन एउटै उद्योगले उत्पादन गर्न सक्ने भएका हुन् ।

beer-in-detailनयाँ मापदण्डमा के छ ?

यसअघि सबै उद्योगलाई छुट्टाछुट्टै रुपमा सञ्चालन गर्नुपर्ने गरी विशेष मापदण्डहरु तोकिएका थिए । यसअघिको व्यवस्थालाई परिमार्जित गर्दै नयाँ मापदण्डले ४ हेक्टर क्षेत्रफलको जग्गामा स्थापना भएको उद्योगले बियर सहित सबैखाले मदिरा उत्पादन गर्नसक्ने व्यवस्था गरेको छ । बियर तथा मदिरा उत्पादन गर्दा निस्किने फोहोर पानीलाई प्रशोधन गर्न एकै प्लान्टबाट सम्भव हुने देखिएपछि यस्तो निर्णय भएको उद्योग मन्त्रालयले जनाएको छ ।

यस्तै उद्योग परिसरमा गि्रन बेल्ट निर्माण गर्नैपर्ने पनि मापदण्डमा उल्लेख रहेको मदिरा तथा बियर उद्योगको मापदण्ड पुनरावलोकन गर्न बनेको कार्यदलका सदस्य तथा उद्योग विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले अनलाइनखबरलाई बताए । यसैगरी बियर तथा मदिारा उद्योगमा कम्तिमा १ जना अल्कोहल टेक्नोलोजिष्ट वा माइक्रो बायोलोजिष्ट राख्नै पर्ने व्यवस्था पनि गरिएको छ ।

यसबाट मदिरामा हुने रासायनिक सम्मिश्रणमा कमजोरी भई कारण उपभोक्ताको ज्यान जाने तथा अङ्गभङ्ग हुनेसम्म खतरा टर्ने बस्नेतले बताए । नयाँ मापदण्डले मदिराको गुणस्तरलाई प्रवर्द्धन गर्ने गरी अन्य धेरै नयाँ व्यवस्था पनि गरेको छ ।

नयाँ अनुमति पनि खुल्ने

औद्योगिक प्रवर्द्धन बोर्डको २१६औं बैठकले नयाँ मदिरा तथा बियर उद्योग स्थापना तथा क्षमता वृद्धि समेतका लागि अनुमति प्रदान गर्न संशोधित मापदण्ड लागू गर्ने निर्णय गरेको हो ।

उद्योग मन्त्रालयका ऋषिराज कोइरालाको संयोजकत्वमा बनेको समितिले मदिरा तथा बियर उद्योगको मापदण्ड पुनरावलोकन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनलाई बोर्डले स्वीकृत गरेपछि मापदण्ड लागू भएको छ ।

बोर्डले नयाँ बियर तथा मदिरा उद्योग खोल्न र क्षमता वृद्धि गर्न लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय पनि गरेको छ । यस्तै उद्देश्य परिवर्तन गर्ने अनुमति माग्ने उद्योगलाई पनि स्विकृति दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?