Comments Add Comment

भारतले भन्यो : आन्दोलनका कारण सीमामा अवरोध

८ असोज, काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा जारी अवरोध तत्काल नहट्ने संकेत भारतले गरेको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफूले नभइ नेपाली आन्दोलनकारीले सीमा क्षेत्रमा अवरोध पुर्‍याइरहेको आरोप लगाएको छ ।

भारतीय विदेशमन्त्री शुष्मा स्वराज
भारतीय विदेशमन्त्री शुष्मा स्वराज

विज्ञप्तिमा भनिएको छ-‘नेपाल भारत सीमा क्षेत्रका अवरोधका सम्वन्धमा आएका समाचारहरु हामीले हेरेका छौं । ती अवरोधहरु नेपालकै पक्षबाट भएका प्रदर्शन र हुलदंगाले गर्दा उत्पन्न भएका हुन् ।’

उसले नेपालमा जारी मधेस आन्दोलनलाई लक्षित गर्दै राजनीतिक तवरबाट समस्या सुल्झाउन फेरि सल्लाह दिएको छ ।

‘नेपालको नेतृत्वले अहिलेको तनावपूर्ण अवस्थाका कारणहलाई प्रभावकारी र जिम्मेवार ढंगले सम्वोधन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मतभेदका मुद्दाहरुलाई फराकिलो स्वामित्व र स्वीकार्यताको माध्यमले समाधान गर्नुपर्छ ।’

विज्ञप्तिको अन्त्यमा ‘वर्तमान परिस्थिति चाँडोभन्दा चाँडो सहज हुने’ आशा व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment