+
+

पाँच हजार बढी गाडी भारतीय भूमिमा अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १० गते २०:२७

१० असोज, लुम्बिनी । नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले पछिल्लो समय नेपाल-भारत सीमा नाका बेलहिया ठप्प पारेको छ । जसका कारण भारतका विभिन्न स्थानबाट माल लिएका ट्रकहरु भारतीय बजमर सुनौली ३० किलोमिटर टाढासम्म लामबद्ध भएका छन् । भारतीय भन्सारले सामान लिएर नेपाल आउन लागेका ट्रकमा समयमै सामान जाँचपास नगरिदिँदा भारतमा अलपत्र परेका हुन् ।

भारतीय पक्षले सुरक्षाका नाममा घन्टौँसम्म एउटै गाडीमाथि गरिएको चेकजाँचले सीमा नाका सुनौलीमा अघोषित रुपमा नाकाबन्दीको आभाष गराएको नेपाली भन्सार अधिकारीहरुले जनाएका छन् । भारतबाट नेपाल भित्रने मालबाहक ट्रक नेपाल प्रवेश गर्न नपाउँदा राज्यलाई अहिलेसम्म अर्बौं रुपैया नोक्सानी परेको छ भने समग्र क्षेत्र तहसनहस भएको बेलहियास्थित भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले जानकारी दिए ।

भारतीय सुरक्षाकर्मीहरूले सुनौली नाका हुँदै रुपन्देहीको बेलहिया भएर नेपाल प्रवेश गर्ने फलफूल, तरकारी र मार्बलका गाडीबाहेक अन्य अत्यावश्यक सामानसहितका मालबाहक गाडी नेपाल आउन दिएका छैनन् ।

भारतीय पक्षले तीन दिनअगाडि बेलहिया भन्सार कार्यालयमा आएर भन्सार काटिएका पेट्रोलिएम पदार्थ लिएर बेलहियास्थित भन्सार कार्यालयको गेट अगाडि आएका गाडीसमेत फिर्ता लगेर गएको भन्सार प्रमुख ढकालले जानकारी दिए ।

बेलहिया नाकामा आएका पेट्रोलियम पदार्थ, ग्यास र खाद्यान्न नेपाल जान नदिने भन्दै सीमा सुरक्षा बल एसएसबीले भारततर्फ फर्काएको उहाँले जानकारी दिनुभयो । भारतको बैतालपुरबाट ग्यास र पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका ९४ वटा ट्याङ्करसमेत नेपाल प्रवेशमा रोक लगाइएपछि अलपत्र अवस्थामा रहेको उहाँले बताउनुभयो ।

दैनिक करिब ३५० देखि ४०० मालबाहक गाडी आउने सुनौली नाकाबाट अहिलेसम्म १५/२० वटा गाडी मात्र नेपाल प्रवेश गरेका छन् । जसमा चारवटा खाली थिए भने दुईवटा मार्बल, दुईवटा टायल, पाँचवटा फलफूल र केही तरकारीका गाडी रहेको प्रमुख ढकालले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?