+
+

सेक्स टेप स्क्याण्डलले जेनिफर तनावमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ११:००

अभिनेत्री एवं गायिका जेनिफर लोपेज सेक्स टेप स्क्याण्डलले तनाबमा छिन् अहिले । सेक्स टेप नआओस् भनेरै उनले कानुनी लडाई लडेको ६ वर्ष भयो । तर, पनि कुनै पनि वेला उनको सेक्स टेप सार्वजनिक हुने खतरा छँदैछ ।

समाचार एजेन्सीले जनाए अनुसार यो टेप उनको पहिलो श्रीमान ओजानी नेओले सुट गरेका थिए ।

मिरर युके डटकमका अनुसार उनका पूर्व श्रीमान एवं विज्नेश पार्टनर एड मेयर यो सेक्सटेप बाहिर ल्याउने योजनामा छन् ।

मेयरले भनेका छन् ‘म यसको एउटा डिभीडी बनाएर रिलिज गर्न चाहन्छु ।’ यदि यो टेप सार्वजनिक भएमा लोपेजका फ्यानको चित्त दुख्न सक्ने छ । साथै लोपेजको करिअरमा समेत असर पर्ने सम्भावना देखिन्छ । अहिले मेयर र लोपेजविच पनि सम्बन्ध राम्रो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?