+
+

मोदीको पुत्ला नजलाउन प्रधानमन्त्री कोइरालाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १६:००

Student१४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय नेताहरुको पुत्ला नजलाउन आग्रह गरेका छन् ।

भारतीय नाकाबन्दी तथा तराईमा जारी आन्दोलनबाट सिर्जित समस्या समाधान गर्न आग्रह गर्दै विहीबार बिहान ९ विद्यार्थी संगठनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

विद्यार्थी संगठनको संयुक्त ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदी तथा नेताहरुको पुत्ला जलाउने तथा भारतीय झण्डा डढाउनेलगायतका कार्य नगर्न आग्रह गरेको भेटमा सहभागी नेविसंघका प्रवक्ता युपी लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

देशका विभिन्न स्थानमा भएको भारत विरोधी गतिविधिप्रति आफू गम्भीर रहेको प्रधानमन्त्री कोइरालाले विद्यार्थी नेताहरुलाई बताए ।

विद्यार्थी संगठनका प्रतिनिधिले भारतले नेपालप्रति देखाएको हेपाहा चरित्रको कूटनीतिकरुपमा विश्वव्यापी प्रतिवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको लामिछानेले बताए ।

भारतले गरेको नाकाबन्दीबाट सृर्जित समस्याको समाधानका लागि दीर्घकालीन वैकल्पिक व्यवस्था गर्न, तराई मधेसको समस्यालाई वार्ताको माध्यमबाट तत्काल समाधान गर्न र टीकापुर घटनाको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?