+
+

गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीय खाना

१४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १२:०३

Dharna-at-Gaur1

गौतम श्रेष्ठ

१४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ ।

विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, जुस लगायतका पेय पदार्थहरु सहयोग गरेको छ ।

खानेकुरा दिँदै श्रीराम सेवा संस्थाका प्रतिनिधिहरुले मोर्चाको धर्नामा आफूहरुको सहयोग रहने बताएका थिए । यसअघि पनि मोर्चाको आन्दोलनमा सहभागीहरुलाई भारतीय नागरिकहरुले खाना र खाजा खुवाउने गरेको खबर सार्बजनिक भएको थियो ।

Dharna-at-Gaur

मधेसी मोर्चाको धर्नाका कारण विहीबार आठौ दिन पनि गौर भन्सार नाका ठप्प भएको छ ।

मोर्चाको केन्द्रीय निर्णयअनुसार नै नेपाल-भारत सीमामा रहेको पुलमा मोर्चाका नेता-कार्यकर्ताहरुले सोमवारदेखि २४ सै घन्टा धर्नामा बसेका छन् । नाकाबन्दको आठौं र रिले अनशनको चौथो दिन पनि यातायात प्रभावित भएको छ ।

धर्नामा बसेका तमसपाका अध्यक्ष यादवले आफूहरुले शान्तिपूर्ण आन्दोलन शुरु गरेको बताउदै शुक्रबारबाट सरकारलाई असहयोग आन्दोलन शुरु गर्ने बताए । विगतमा भएका वार्ताहरु कार्यान्वयन नगरेको सरकारसँग फेरि पनि वार्ता गर्ने आधार नभएको उनको भनाइ छ ।

सीमावर्ती बैरगनिया (भारतीय बजार) बाट नेपाली बजार गौरसम्म कुनै पनि सवारी साधन चलेका छैनन् । यसैगरी मोर्चा कै संयोजनमा औरैयामा रहेको छोटी भन्सार नाका पनि बन्द भएको छ । सो क्षेत्रमा रहेको मनमोहनद्वार अगाडि पनि मोर्चाका नेता कार्यकर्ता एक साता अघिदेखि रिले अनशनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?