+
+

आज तेल वितरणमा आधा कटौती (तेल बेच्नेको सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १४:१५

Nepal-police-Petrol-pump

१४ असोज, काठमाडौं । नेपाल आयल निगमले बिहीबार पेट्रोलियम पदार्थको बिक्रीवितरणमा आधा कटौति गरेको छ । निगमले बिहीबार १ लाख ७९ हजार लिटर डिजेल र ४८ हजार लिटर पेट्रोल मात्रै बिक्री गर्दैछ ।

यसअघि कोटा प्रणालीअनुसार डिजेल दैनिक २ लाख ४० हजार र डिजेल १ लाख लिटर वितरण भइरहेको थियो । बिहीबारदेखि निजी सबवारीलाई तेल दिन बन्द भएपछि बजारमा कम डिजेल/पेट्रोल पठाइएको निगमले जनाएको छ । आकस्मिक र अत्यावश्यक सहित सार्वजनिक यात्रुबाहक सवारी बाहेक अन्यलाई इन्धन दिन बन्द गरिएको छ ।

थानकोट डिपोबाट तेल बुझेर बिहीबार ७ वटा सरकारी पम्पले पेट्रोल वितरण गर्दैछन् भने विभिन्न ४२ पम्पले डिजेल बाँड्दैछन् । भारतको अघोषित नाकान्दीका कारण तेल आउन छोडेपछि स्टक जोगाउन सरकारले निजी सवारीलाई तेल दिन रोकेको हो ।

बिहीबार डिजेल र पेट्रोल वितरण गर्ने पम्पहरुको सूची :

Petrol-Pump-asoj-14Petrol-Pump-2-asoj-14Petrol-Pump-3-asoj-14

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?