+
+

रिलायबल रेमिट र निर्धन उत्थान बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १५ गते १२:३८

१५ असोज, काठमाडौं । रिलायलवल रेमिट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा रिलायवलका Relaybal Remitसहायक महाप्रबन्धक दिपेन्द्र कडरिया र निर्धन उत्थानका नायव महाप्रबन्धक भोजराज बस्यालले हस्ताक्षर गरे ।

सम्झौतापश्चात निर्धन उत्थान बैंकका सबै शाखाबाट रिलायवल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ । काठमाडौंको नक्सालमा केन्दि्रय कार्यालय रहेको निर्धन उत्थान बैंकका शाखाबाट सेवाग्राहीले देश विदेशबाट आएको रकम भुक्तानी लिन सक्नेछन् ।

साथै, आन्तरिक विपे्रेषण मार्फत देशभर छरिएर रहेका २७ सय भन्दा बढी सञ्जालमार्फत विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा संघ संस्थामा नगद तथा खातामा जम्मा गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?