+
+

पहिलो महिनामै ५६ अर्बको व्यापार घाटा, ८.७ प्रतिशतले घाटा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १५ गते १४:०८

१५ असोज, काठमाडौं । निर्यातमा ह्रास आई आयात बढ्दा आर्थिक वर्षको पहिलो महिना साउनमा व्यापार घाटा ८.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा व्यापार घाटा ५६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

Trade Dificit 2072, saunसाउन महिनामा निर्यात ३.९ प्रतिशतले ओरालो लागेर ६ अर्ब ४६ करोडमा खुम्चिएको छ । साउनमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेका कारण समग्र निर्यातमा ह्रास आएको हो । तर, आयात भने ७.२ प्रतिशतले बढेर ६२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

व्यापार घाटामध्ये भारतसँगको ७.४ प्रतिशत र चीनसँगको ३९.१ प्रतिशतले बढेको छ भने अन्य मुलुकसँगको व्यापार घाटा ४.६ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार नेपालबाट भारततर्फको निर्यात ६.२ प्रतिशतले घटेको छ । जिंक शिट, जीआई पाइप, तार, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो ।

चीनमा प्रशोधित छाला, रुद्राक्ष लगायतका वस्तुहरुको निर्यातमा ह्रास आउँदा चीनतर्फको निर्यात ०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही महिनामा चीनतर्फको निर्यात ५६.७ प्रतिशतले घटेको थियो ।

भारतबाट हुने आयात ६ प्रतिशतले बढेको छ भने चीनतर्फको आयात ३८.६ प्रतिशत बढेको छ । अन्य मुलुकबाट भने आयात ३.७ प्रतिशतले बढेको छ ।

भारतबाट मुख्यतया यातायातका साधन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन क्वाइल, एमएस बिलेट, वायर रड लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सिमेन्ट, बिटुमिन लगायतका वस्तुहरुको आयातमा कमी आएको छ ।

चीनबाट रासायनिक मल, तयारी पोशाक, जुत्ता/चप्पल, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात बढेको छ । अन्य मुलुकबाट चाँदी, रासायनिक मल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, तामाको तार लगायतका वस्तुहरुको आयात घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?