Comments Add Comment

प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउन कांग्रेसले सर्बदलीय छलफल गर्ने

nepali congress

  • फाइल तस्वीर

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीचको छलफलपछि मात्रै सरकारको नेतृत्वबारे पार्टीको धारणा अघि सार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको नेतृत्वबारे टुंगो लगाउन दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति रामचन्द्र पौडेलले पहिले प्रमुख दलहरुसँग र त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग संयुक्त छलफल गर्ने जानकारी दिए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व दिने सहमति आफूलाई थाहा नभएको बताए ।

प्रमुख दलहरुबीच गत जेठ २५ गते १६ बुँदे सहमति हुँदा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको होइन र ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यो मलाई थाहा छैन ।’

बैठकले राष्ट्रपतिले दिएको सात दिनको समयसीमा भित्र सहमतीय सरकार गठनका लागि अधिकतम प्रयास गर्ने र सहमति नभए बहुमतीय प्रक्रियामा जाने निर्णय पनि गरेको छ ।

बैठकमा आगामी १३ औं महाधिवेशनको नयाँ मिति तय गर्ने विषयमा पनि छलफल भएको थियो । तर, त्यसमा कुनै पनि सहमति भएन । केही कांग्रेस पदाधिकारीले सरकारको नेतृत्व महाधिवेशन र संविधानको समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment