Comments Add Comment

क्षमा माग्दै थरुहटद्वारा दाङमा बन्द हड्ताल फिर्ता

१८ असोज, दाङ । थरुहट-थारुवान संयुक्त संघर्ष समिति देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको छ । अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने थरुहटले जनाएको छ ।

Tharuhat-aandolan-Firta

गत साउन २७ गतेदेखि आम हड्ताल गर्दै आएको संघर्ष समितिले एक सातादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो ।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले विज्ञप्ति निकालेर सोमबार बेलुकी ५ बजेदेखि यातायात, बजार, सरकारी तथा गैरसरकारी कार्यालय खुल्ला रहनदिने बताएका छन् ।

विज्ञप्तीमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै बन्द, हड्ताल नगरी कोणसभा, आमसभा, अन्तर्क्रिया र जनजागरण अभियान चलाउने उल्लेख छ । साथै हालसम्मको आन्दोलनका क्रममा सर्बसाधारणलाई परेको समस्याप्रति पनि क्षमायाचना गरिएको छ ।
थारुहरुको बाहुल क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउनु पर्ने, जातीय जनसंख्याको आधारमा हरेक निकायमा पूर्ण समानपुपातीक समावेसीको सुनिश्चितता हुनुपर्ने लगायतका माग संघर्ष समितिले राखेको छ ।

– दशरथ घिमिरेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment