Comments Add Comment

अब नेपाली चलचित्र अनलाइन मार्फत हेर्न सकिने

movie

अव अनलाइन मार्फत नेपाली सिनेमा हेर्न सकिने भएको छ । हाम्रो मूभी डटकम मार्फत विश्वभरमा रहका नेपालीले जहिलेसुकै नयाँ र पुराना नेपालीचलचित्र हेर्न सक्ने छन् । यसमा चलचित्रका साथै ट्रेलर, पोस्टर र छोटा चलचित्रसमेत हेर्न सकिने छ ।

नेपाली चलचित्र प्रेमी दर्शकका लागि होम थिएटरको झल्को दिने सेवा सुरु गर्ने कम्पनीले विश्वास लिएको छ । यसमा तत्काल २० वटा नेपाली चलचित्र राखिएका छन् । निकट भविष्यमै उच्च गुणस्तरका २ सयभन्दा बढी नेपाली चलचित्र अनलाइनमै उपलब्ध गराइने विधिका प्रमुखकार्यकारी अधिकृत सुवाष सापकोटा बताउनुहुन्छ । ‘भविस्यमा नेपाली चलचित्रहाम्रो मुभिबाटै रिलिजगर्ने व्यवस्था मिलाईने छ,’ सापकोटा भन्नुहुन्छ ।

अनलाइनमा उपलब्ध चलचित्र हेर्न दर्शकले निश्चित शुल्क तिर्नुपर्ने छ । त्यसैगरी केही चलचित्र निशुल्क उपलब्ध हुनेछन् ।

हाम्रो मुभिको मुल उद्देश्य नेपाली चलचित्र मार्फत नेपाली संस्कृती संरक्षण गर्ने बताइएको छ । नेपाली चलचित्र विश्व बजारमा खस्किदो अर्थतन्त्रलाई उत्थान गरी बजार विस्तारमा हाम्रो मुभिले टेवा पुर्‍याउने हाम्रो विश्वास छ ।

नेपाली चलचित्र व्यवसायलाई आर्थिक रुपले सबल, अत्मनिर्भर र विश्व बजारमा उत्कृष्ट स्थानमा पुर्‍याउन आधुनिक प्रविधिप्रयोग गरिएको हो ।
अनलाइनमा पछिल्ला चलचित्रहरु लभसव, श्री ५ अम्बरे, माइप्रमिस, द ट्र्याप, हनीमुन नाइट……लगायतका चलचित्र उपलब्ध छन् । यस्तै बीर, छ एकान छ, झेली, स्टारलगायतका चलचित्र निशुल्कउपलब्ध हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment