+
+

सर्वदलीय बैठकमा प्रचण्डले भने-ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते ०:३०

Top-three-leader

१८ असोज, काठमाडौं । प्रधानमन्त्रीको आहृवानमा भएको सर्वदलीय बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बनेपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको बताएका छन् ।

सहमतीय सरकार गठनबारे छलफल गर्न बालुवाटारमा बसेको बैठकमा अधिकांश दलका नेताहरुले भद्र सहमतिबारे प्रश्न गरेका थिए ।

जवाफमा एमाओवादी अध्यक्षले शीर्ष चार नेताबीच संविधान नबन्दासम्म सुशील कोइराला रहने र संविधान बनेपछि केपी ओली प्रधानमन्त्री बन्ने भद्र सहमति भएको बताए । प्रधानमन्त्री कोइरालाले पटक-पटक ओलीलाई तपाई ढुक्क हुनुस् भनेको समेत उनले सुनाएका छन् ।

शीर्ष नेताहरुबीच यसरी भएको छलफलमा कतिपय बेला अन्य नेताहरु उपस्थित रहेको उनले बताए । तर, पार्टीहरुले संस्थागत निर्णय नगरेको भन्दै उनले भने-‘एमालेले त निर्णय गरिसक्यो । हाम्रोमा निर्णय नभएपछि खासै समस्या छैन ।’

लगतै बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भद्र सहमतिबारे प्रचण्डले भनेपछि मैले थप भन्नु परेन भन्दै सहमति जनाएको एक नेताले बताए ।

संस्थागत निर्णय नभएको भन्दै प्रचण्डलाई जवाफ दिँदै ओलीले अध्यक्षले निर्णय गरेपछि पार्टीको आधिकारिक निर्णय नै हुने बताएका छन् ।

Sarbadaliya-meet

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले आफू फेरि प्रधानमन्त्री हुन खोजेको भन्ने समाचार गलत भएको बताए । दलहरुबीच सहमति, सहकार्य र एकता आवश्यक भएको उनले बताए । तर, प्रमुख दलहरुबीच भएको भनिएको भद्र सहमतिबारे भने कोइरालाले केही बोलेनन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने भद्र सहमतिबारे आफूलाई थाहा नभएको बताएका छन् । प्रचण्डले शीर्ष चार नेता बाहेक अरु पनि थिए भनेको भन्दै पौडेलले त्यस्तो सहमतिबारे आफूलाई जानकारी नभएको बताएका हुन् ।

सर्वदलीय बैठकमा सहभागी अधिकांश दलका प्रतिनिधिहरूले भने सहमतिकै आधारमा अघि बढ्न प्रमुख दलहरुले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?