Comments Add Comment

तिनाउ विकास बैंकको १८ प्रतिशत बोनस सेयर पारित

१९ असोज, काठमाडौं । तिनाउ विकास बैंकको सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताब सोमबार सम्पन्न बैंकको ९औं साभारणसभाले पारित गरेको छ । साथै, ४ बराबर१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
१८ करोड ५१ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ३ करोड ३३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । बोनस सेयर वितरणपछि चुक्ता पूँजी २१ करोड ७८ लाख रुपैयाँ पुग्नेछ भने त्यसपछि हकप्रद जारी भएपछि बैंकको चुक्ता पूँजी २५ करोड ३० लाख ९६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
बैंकले बोनस सेयरमा लाग्ने कर तिर्ने प्रयोजनका लागि ०.९४ प्रतिसत नगद लाभांस पनि पारित गरेको छ । साधारण सभाले संस्थापक शेयरधनीकातर्फबाट संचालक समितिमा जीवन प्रसाद ओझा, रामेश्वर प्रसाद कसजु, उज्वल प्रसाद कसजु र राजेन्द्र प्रसाद ओझालाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद ओझालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment