+
+

बिपी प्रतिष्ठानको सुरक्षा जिम्मा केटिएमलाई

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १०:१०

KTM-Security

१९ असोज, धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाको जिम्मा केटिएम सेक्युरिटी सर्भिसेस प्रालिले लिएको छ । ग्रुप फोर सेक्युरिटीसँग नौ महिना अगाडि नै सम्झौता सकिएपनि प्रक्रियामा ढिलाई हुँदा सोमबार मात्र प्रतिष्ठान र केटिएमबीच सम्झौता भएको हो ।

मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै केटिएमले सम्झौता भईसकेको र औपचारिक रुपमा विहीबारबाट प्रतिष्ठानमा सुरक्षा दिने बताएको छ ।

११ वटा सेक्युरिटी कम्पनीहरुमध्येबाट मापदण्डमा उत्कृष्ट छनौट हुँदै केटिएमले २ करोड १० लाखमा ठेक्का पाएको केटिएमका प्रमुख कार्यकारी रामेश्वर शाहले बताए । उनले भने, ‘ठूलो क्षेत्रको सुरक्षाको जिम्मा लिनु चूनौतिपनि छ तर उच्चतम सुरक्षा प्रदान गर्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?